July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:५९
कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित

काठमाडौं । आयकर र मूल्य अभिवृद्धि कर खुम्चिंदा आन्तरिक राजस्व प्रभावित बनेको छ । आन्तरिक राजस्व विभागका अनुसार अघिल्लो वर्षको चैत महिनासम्मको तुलनामा आयकर ९१ प्रतिशत मात्र उठेको छ । मूल्य अभिवृद्धि कर (आन्तरिक) ९८ प्रतिशत मात्र उठेको छ ।

यस आर्थिक वर्ष (आव) को चैत महिनासम्म सरकारले ३ खर्ब ३७ अर्ब १० करोड रुपैयाँ आन्तरिक राजस्व उठाएको छ । यो गत वर्षको तुलनामा ९८ प्रतिशत मात्र हो । सो आवमा सरकारले ३ खर्ब ४२ अर्ब ६५ करोड रुपैयाँ आन्तरिक राजस्व संकलन गर्न सफल भएको थियो ।
सरकारले चैतसम्म १ खर्ब ५० अर्ब मात्र आयकर उठाएको छ । गत वर्ष यसैअवधिसम्म १ खर्ब ६५ अर्ब ४५ करोड रुपैयाँ आयकर उठेको थियो । ब्याजकर २५ अर्ब २१ करोड रुपैयाँ उठेको छ । गत आवमा ब्याजकर १७ अर्ब ५६ करोड उठेको थियो ।

भ्याट भने ७८ अर्ब ८९ करोड रुपैयाँ मात्र उठेको छ । गत आवको यसै अवधिमा भ्याट ८० अर्ब ९१ करोड उठेको थियो । अन्तःशुल्क भने गत आवको तुलनामा केही बढेको छ । यस आवमा चैतसमम ७४ अर्ब २८ करोड उठेको छ । गत आवको चैतसम्म ७१ अर्ब ४९ करोड रुपैयाँ अन्तःशुल्क उठेको थियो ।

यो वर्ष राजस्व संकलनमा सरकार लक्ष्य भन्दा धेरै नै पछि छ । अहिले चालु आवको ७५ प्रतिशत समय ढल्किसकेको छ । तर, राजस्व संकलन भने लक्ष्यको आधा पनि उठेको छैन ।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चैत मसान्तसम्म राजस्व ६ खर्ब ८३ अर्ब ८० करोड उठेको छ । यो कुल राजस्व संककन गर्न लिइएको लक्ष्यको मात्र ४८.७३ प्रतिशत हो । यस आवमा सरकारले १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १४:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि?