sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मिश्रित निर्वाचन प्रणालीले स्थिर राजनीति हुँदैन : प्रकाशमान सिंह

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १७:४२
मिश्रित निर्वाचन प्रणालीले स्थिर राजनीति हुँदैन : प्रकाशमान सिंह

झापा । नेपालमा जबसम्म मिश्रित निर्वाचन प्रणाली रहन्छ तबसम्म स्थिर सरकार नबन्ने नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले बताएका छन्।

वीरता जेसीजका पूर्व अध्यक्षहरूको क्लबद्वारा घोषणा गरिने उत्कृष्ट नागरिक सम्मान कार्यक्रममा बोल्दै कांग्रेस नेता सिंहले मिश्रित निर्वाचन प्रणालीको अभ्यासले स्थिर राजनीतिक अवस्था दिन नसक्ने बताए।

संवैधानिक व्यवस्था सोही प्रणालीको भएकाले सोही किसिमको अभ्यासमा अभ्यस्त हुनुको विकल्प नभएको उनको भनाइ छ। यो निर्वाचन प्रणालीबाट कहिलेकाहीँ मात्र बहुमत आउने उनले बताए।

कांग्रेस नेता सिंहले भने, ‘मान्छेहरू राजनीतिक स्थायित्व भएन भन्छन्। मिश्रित निर्वाचन प्रणाली अँगालेपछि कहाँबाट राजनीतिक स्थायीत्व हुन्छ?’

यही संवैधानिक व्यवस्थामा राजनीतिक स्थायीत्व ल्याउन सबै तहबाट प्रयास हुनुपर्ने कांग्रेस नेता सिंहले बताए। उनले तीन तहको सरकारलाई बलियो बनाए मात्र देशमा विकासको अनुभूति गर्न सकिने बताए।

कोभिड महामारीपछिको आर्थिक मन्दीको अवस्थालाई सरकारले आगामी बजेटमा सम्बोधन गर्नुपर्ने उनको भनाइ छ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३, २०८० १७:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid