sweet bonanza
February 18, 2026 | बुधबार, फाल्गुन ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पोल्याण्ड लैजाने भनेर जनही ८ लाख असुल्ने सानुकान्छा फरार

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० ११:१३
पोल्याण्ड लैजाने भनेर जनही ८ लाख असुल्ने सानुकान्छा फरार

काठमाडौँ । नुवाकोटको ककनीका सानु कान्छा तामाङको नाम तपाईहरु पनि याद राख्नु होला । यी मानिस कहाँ छन् थाहा छैन । धेरै परिवार छिन्नभिन्न हुने गरी सानुकान्छाले ठूलो रकम ठगी गरेको पीडितहरुले दावी गरेका छन् । पोल्याण्ड लैजाने भनेर जनही ८ लाख असुल्ने सानुकान्छा सम्पर्कविहीन भएका छन् । वैदेशिक रोजागारीका नाममा हुने ठगीको अर्को यो डरलाग्दो घटनाबाट पीडित भएकाहरुको घर परिवार र स्वास्थ्य समेत बिग्रिने अवस्थामा छ । कसैलाई विश्वास मात्रै गर्दा पनि कहिले काहिँ जीवन बर्बादीको संघारमा पुग्न सक्छ । यस्तै अवस्थाबाट गुज्रिरहेका केही पीडितहरु हाम्रो कार्यालयसम्म आइपुगेका छन् ।

काठमाडौंको गोलढुंगा बस्ने सर्मिला महर्जनको परिवार अहिले विचल्लीमा छ । परिवार विचल्लीमा पर्नुको एउटै कारण वैदेशिक रोजगारीका क्रममा गरिएको ठगी हो । शर्मिलाको गोलढुंगामै राम्रै चलेको झोला कारखाना थियो । कोरोना महामारीपछि व्यवसाय सिथिल बन्यो । भाडा समेत तिर्न मुस्किल परेपछि उनीहरुले चलेका व्यवसाय नै बन्द गरे ।

त्यसपछि उनीहरुसँग अर्को विकल्प थियो, वैदेशिक रोजगारी । उनका पति पुष्पलाल योन्जन पोल्याण्ड जाने तयारी गरे । साथीबाट एजेन्टसँग कुरा पनि भयो । सुरुमा पोल्याण्डका लागि ३ लाख मात्रै लाग्ने भनिए पनि दलालले यो परिवारबाट ८ लाख रुपैयाँ असुले । महर्जन परिवारले सहकारीबाट ऋण लिएर दलाललाई ८ लाख बुझाएका थिए । अहिले दिन प्रतिदिन सहकारीको व्याज बढ्दै गएको छ । सहकारीकै टर्चरका कारण उनका पति भारत भासिए । तर, भारतमा पनि उनी ठगिमा परेका छन । घरमा ससाना छोरा छोरी छन् । अर्थात विदेश जान लिईएको ऋण तिर्न नसक्दा उनको परिवारको विचल्ली भएको छ ।

पीडितका अनुसार प्रविण भनेर चिनिने सानु कान्छा तामाङले यो परिवारको खुशी लुटिदिएका छन । दलालले झुक्याएर युक्रेनबाट पोल्याण्ड पठाउने भन्दै युक्रेनको नक्कली भिसा र टिकट समेत दिएका थिए । तर, अहिले दलाल कान्छा सम्पर्क विहिन छन । ८ लाखको चेक अहिले यो परिवारको हातमा छ । चेक बाउन्स गरेर उनीहरु बसीरहेका छन । तर, न्याय पाउने कुनै निकाय फेला परेको छैन ।

यीनै दलाल कान्छाबाट ठगिएका अन्य मानिसहरु पनि हाम्रो कार्यलय आइ पुगेका छन । नुवाकोट देउरालीका यी सञ्जय तामाङको समस्या अझै कहालीलाग्दो छ । १७ महिनाअघि उनले पोल्याडको लागि भन्दै सहकारीमा जग्गा धितो राखेर ८ लाख रुपैयाँ दलालको हातमा बुझाए । आफ्नी श्रीमती मार्फत दलालसँग उनको चिनजान भएको थियो । दलाल सानु कान्छाले पैसा बुझाएको एक हप्तामा भिसा आउछ भनेर झुक्याएका थिए । तर पैसा लिएपछि सानुकान्छा सम्पर्कविहिन भए ।

सहकारीबाट लिएको ऋण सञ्जयले पनि तिर्न सकेका छैनन् । सहकारीले पैसा नतिरे घर लिलाम गर्ने चेतावनी दिँदै आएको छ । त्यतिमात्रै होइन, ऋणले तनाव दिएपछि सञ्जयकी पत्नीसमेत अहिले घरमा छैनन् । आर्थिक व्यवहार बिग्रिएपछि सञ्जयलाई पत्नीले समेत सम्बन्ध विच्छेद गर्ने तयारी गरिरहेकी छिन् । हाँसीखुसी रहेको परिवारमा सानुकान्छाले वीष घोलिदिएका छन् । सञ्जयको परिवार अहिले छिन्नभिन्न हुने संघारमा पुगेको छ ।

धेरै परिवारको विचल्ली बनाउने सानुकान्छाको स्थायी ठेगाना नुवाकोट ककनी गाउँपालिका हो । सञ्जय पनि नुवाकोटकै भएकाले आफ्नै मान्छे भनेर दलाले आत्मविश्वास दिलाए । मासिक एक लाख बढी कमाइ हुने आश्वासन सानुकान्छाले दिएका थिए । तर, उनको पनि हातमा ८ लाखको चेक थमाएर सानुकान्छा सम्पर्कविहिन भएका छन ।

पोल्याण्ड जान अर्का यी युवाले पनि सहकारीबाट ऋण लिएर सानुकान्छालाई पैसा बुझाएका थिए । अहिले न हातमा पैसा, न भिसा । उल्टो ऋणको भारीले थिचिएपछि पीडितहरुमा सन्नाटा छाएको छ ।

पीडितहरु प्रहरीमा पनि पुगेका छन् । तर प्रहरीले फरार व्यक्तिलाई खोजेर ल्याउनु भन्ने जवाफ दिएको छ । आरोपी सानुकान्छाको मोबाइल नम्बरमा हामीले पटक पटक सम्पर्क गर्ने प्रयास गर्यौं तर उनीसँग सम्पर्क हुन सकेन । उनको मोबाइलमा पठाएको एसएमएसको पनि कुनै जवाफ प्राप्त हुन सकेन ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० ११:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid