May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १४:५५
तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब माग गर्दै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।

तीन महिनादेखि तलब नपाएको भन्दै स्वास्थ्यकर्मीले सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन । कैलारी गाउँपालिकाको लिखित सहमतिको आधारमा समायोजन संशोधन र समायोजन मिलान भई आएका विभिन्न तहमा कार्यरत स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब नपाएको जनाइएको छ ।

नियमित मासिक रूपमा पाउनु पर्ने तलब र भत्ता नपाउँदा पारिवारिक अवस्था दयनीय बन्दै गएको स्वास्थ्यकर्मीले जनाएका छन् । तलब नपाउँदा घर खर्च चलाउन, बालबच्चाको शैक्षिक खर्च जोहो गर्न समस्या भएको उनीहरूको भनाइ छ ।

यथाशीघ्र तलब माग गर्दै गाउँपालिकामा कार्यरत १४ जना स्वास्थ्यकर्मीले गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई ज्ञापन पत्र बुझाएका छन् । यसै गरी, आगामी आर्थिक वर्ष २०८०/८१ को लागि सङ्घीय सरकारबाट बजेट व्यवस्था भई नआएसम्म मासिक रूपमा स्थानीय तहले नै तलब भुक्तानीको ग्यारेन्टी गर्नु पर्ने स्वास्थ्यकर्मीहरूको माग छ ।

उनीहरूले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन खर्च अविलम्ब उपलब्ध गराउन, स्वास्थ्यकर्मीलाई गाउँपालिकाको अन्य कर्मचारी सरह इन्धन, खाजा लगायतका अन्य प्रोत्साहन उपलब्ध गराउन गाउँपालिकाको कार्यालयसँग माग गरेका छन् ।

माग पूरा गराउनका लागि वैशाख १० देखि १५ गतेसम्म कालो पट्टी बाँधेर काम गर्ने, सुनुवाइ नभए वैशाख १५ गतेबाट अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने लगायतको दबाबमूलक कार्यक्रमहरू अगाडि सारेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब नरेशकुमार चौधरीले बताउनुभयो । यसै गरी, मासिक रूपमा पेस गर्नु पर्ने र अनलाइन इन्ट्री गर्नु पर्ने प्रतिवेदन पेस नगर्ने जनाइएको छ । माग पूरा नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्दै जाने प्रमुख चौधरीले बताउनुभयो ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १४:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट