March 28, 2024 | बिहिबार, चैत्र १५, २०८०
सुचनाहरु
दोहोरो कर प्रणालीे समस्याको सम्वोधन गर्न अर्थमन्त्री पुनको प्रतिवद्धता अवैध विदेशी मुद्रासहित तीनजना विमानस्थलबाट पक्राउ राप्रपाबाट इलाम-२ मा लक्ष्मी गुरूङ उम्मेदवार महिला, बालबालिकामन्त्री चौधरी र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द आईपीएल : आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दै मन्त्री चाैधरीकाे अग्रसरतामा अपाङ्गता सम्बन्धी मापदण्ड बनाउन धर्नारत पक्षसँग सहमति मौसम खराबका कारण धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा अवतरण सुनको मूल्य हालसम्मकै उच्च ; कति पुग्यो त तोलाको ? विपीको प्रतिमामा माल्यार्पण गरेर कांग्रेस महामन्त्री थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा मुम्बई र हैदराबादको खेलमा रेकर्डमाथि रेकर्ड, हैदराबाद ३१ रनले जित्यो नेपाल प्रहरीका ८ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस एमाले झापाको ११ औं जिल्ला अधिवेशन आजदेखि को हुन् मलेसियमा झन्डै ६ लाख रिंगेट भेट्टाउने नेपाली ? मनसुन शुरु हुनुभन्दा अघि नै भूकम्प पीडितलाई राहत वितरण गरिने गृहमन्त्रीको दाबी आगलागी पीडितको स्थायी घर निर्माणका लागि पहल गर्दै मुख्यमन्त्री कार्की इलाममा एकीकृत समाजवादीले जीतबहादुर राई उम्मेदवार बनाउने प्रेस सेन्टर नेपालद्वारा पत्रकार महासंघको निर्वाचन लक्षित बैठक सम्पन्न एसइइ आजबाट सुरु ; पाचलाख बढी परिक्षार्थी सहभागी नेपाल ‘ए’ ले आज आयरल्यान्ड ‘ए’ सँग पहिलो टी–२० खेल्दै

तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १४:५५
तलब माग गर्दै स्वास्थ्यकर्मी आन्दोलित

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलब माग गर्दै सङ्घर्षका कार्यक्रम घोषणा गरेका छन् ।

तीन महिनादेखि तलब नपाएको भन्दै स्वास्थ्यकर्मीले सङ्घर्षका कार्यक्रम घोषणा गरेका हुन । कैलारी गाउँपालिकाको लिखित सहमतिको आधारमा समायोजन संशोधन र समायोजन मिलान भई आएका विभिन्न तहमा कार्यरत स्वास्थ्यकर्मीले तीन महिनादेखि तलब नपाएको जनाइएको छ ।

नियमित मासिक रूपमा पाउनु पर्ने तलब र भत्ता नपाउँदा पारिवारिक अवस्था दयनीय बन्दै गएको स्वास्थ्यकर्मीले जनाएका छन् । तलब नपाउँदा घर खर्च चलाउन, बालबच्चाको शैक्षिक खर्च जोहो गर्न समस्या भएको उनीहरूको भनाइ छ ।

यथाशीघ्र तलब माग गर्दै गाउँपालिकामा कार्यरत १४ जना स्वास्थ्यकर्मीले गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीलाई ज्ञापन पत्र बुझाएका छन् । यसै गरी, आगामी आर्थिक वर्ष २०८०/८१ को लागि सङ्घीय सरकारबाट बजेट व्यवस्था भई नआएसम्म मासिक रूपमा स्थानीय तहले नै तलब भुक्तानीको ग्यारेन्टी गर्नु पर्ने स्वास्थ्यकर्मीहरूको माग छ ।

उनीहरूले स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन खर्च अविलम्ब उपलब्ध गराउन, स्वास्थ्यकर्मीलाई गाउँपालिकाको अन्य कर्मचारी सरह इन्धन, खाजा लगायतका अन्य प्रोत्साहन उपलब्ध गराउन गाउँपालिकाको कार्यालयसँग माग गरेका छन् ।

माग पूरा गराउनका लागि वैशाख १० देखि १५ गतेसम्म कालो पट्टी बाँधेर काम गर्ने, सुनुवाइ नभए वैशाख १५ गतेबाट अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्ने लगायतको दबाबमूलक कार्यक्रमहरू अगाडि सारेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिनियर अहेब नरेशकुमार चौधरीले बताउनुभयो । यसै गरी, मासिक रूपमा पेस गर्नु पर्ने र अनलाइन इन्ट्री गर्नु पर्ने प्रतिवेदन पेस नगर्ने जनाइएको छ । माग पूरा नभए आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्दै जाने प्रमुख चौधरीले बताउनुभयो ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १४:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट