May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

जीप दुर्घटनामा चार जना घाइते

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० ११:४२
जीप दुर्घटनामा चार जना घाइते

बागलुङ – बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ एकपाटा (पुष्पलाल मध्यपहाडी लोकमार्ग) मा आइतबार जीप दुर्घटना हुँदा सवार चार जना घाइते भएका छन्।

गलकोट नगरपालिका–३ हटियाबाट बागलुङ बजार आउँदै गरेको प्रदेश ३–०१–००३ च ८६२५ नम्बरको गाडी काठेखोला–१ एकपाटामा मध्यपहाडी लोकमार्गदेखि १० मिटर तल खस्दा चालकसहित चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए।

प्रनाउ केसीले जीपमा सवार गलकोट नगरपालिका–३ हटियाकी ५२ वर्षीया नितु श्रेष्ठ, ५४ वर्षीय बिरबल श्रेष्ठ, ५९ वर्षीय कृष्ण श्रेष्ठ र चालक २६ वर्षीय अविशेक श्रेष्ठ घाइते भएको बताए।

घाईतेहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रनाउ केसीले बताए। उनले ब्रेक फेल भएर जीप दुर्घटना भएको बताए।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० ११:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।