April 24, 2024 | बुधबार, बैशाख १२, २०८१
सुचनाहरु
सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३० औँ स्मृति दिवस

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १२:५९
राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३० औँ स्मृति दिवस

काठमाडौँ । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पाको ३० औँ स्मृति दिवस मनाइएको छ । काठमाडौँसहित देशभरका विभिन्न स्थानमा आज ३० औँ पासाङ ल्हामु स्मृति दिवस मनाइएको हो ।

काठमाडौँको चुच्चेपाटीस्थित पासाङ ल्हामु शेर्पाको सालिकमा माल्यार्पण र पुष्प गुच्छा अर्पण गरी ३० औँ स्मृति दिवस मनाइएको छ । स्मृति दिवसको अवसरमा पासाङ ल्हामु प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी राष्ट्रिय विभूति शेर्पाकी छोरी आङ फुटी शेर्पाले सालिकमा माल्यार्पण र पुष्प गुच्छा अर्पण गर्दै संसारभरका महिलाका लागि पासाङ ल्हामु प्रेरणाको श्रोत भएको बताइन् । उनले फाउन्डेसनको तर्फबाट पनि हिमाल आरोहणको चाहना राख्ने महिलालाई आवश्यक सहयोग गरिरहेको र राज्यले पनि यस्ता सहयोगका कार्यमा थप अग्रसरता देखाउन आवश्यक रहेको बताइन् । उनले सरकारले देशमा नै हिमाल आरोहीलाई सम्मान गर्नुपर्ने बताइन् ।

त्यस्तै पासाङ ल्हामु प्रतिष्ठानकी वरिष्ठ उपाध्यक्ष लाक्पा फुटी शेर्पाले पासाङ ल्हामु शेर्पाका सपनाहरू आज आएर साकार भइरहेको देख्न पाउँदा खुसी लागेको बताइन् । उनले पासाङ ल्हामु शेर्पाले देशका लागि केही गर्छु भन्ने भोक रहेको र उहाँको आत्मविश्वासलाई देखेर नै आजका महिलाहरूमा थप काम गर्ने इच्छा, चाहना र प्रेरणा प्राप्त भइरहेको बताइन् ।

त्यस्तै पूर्वमन्त्री कृपाशुर शेर्पाले पासाङ ल्हामु शेर्पाको स्मृति दिवस इज्जत, प्रतिष्ठा र गौरवको रुपमा मनाइएको बताए । उनले शेर्पाको जीवनीले नयाँ पुस्तालाई उत्साह, जोस जाँगर प्रदान गर्ने बताए ।

त्यस्तै खुम्बु पासाङल्हामू गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरी शेर्पाले पासाङल्हामू शेर्पाको कदरका लागि गाउँपालिकामा सङ्ग्रहालय बनाउन लागेको बताए । उनको नाममा विभिन्न कोषहरूको स्थापना गरी आवश्यक परेकाहरूलाई सहयोग गर्नेतिर पनि गाउँपालिकाले योजना बनाइरहेको बताए ।

पासाङ ल्हामु शेर्पा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला हुन् । उनले २०५० साल वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्यो भन्दा पहिला तीन पटकसम्म सगरमाथा चढ्ने प्रयास असफल भयाको थियो । सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कने क्रममा उनको निधन भएको थियो ।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १२:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।