August 24, 2025 | आइतवार, भदौ ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘विखण्डनवादको बीज रोप्नेहरू परास्त भएका छन्’

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० 0९:२१
‘विखण्डनवादको बीज रोप्नेहरू परास्त भएका छन्’

बारा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल सार्वभौमिकता, अखण्डता र एकतालाई तोडेर विखण्डनवादको बीज रोप्नेहरू परास्त भएको टिप्पणी गरेका छन् । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा जीत हासिल गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले मधेसका जनतालाई जात–जातमा लडाएर विद्वेष फैलाउने प्रयास गर्नेहरू नराम्ररी परास्त भएको बताएका हुन् । उनले जनमत पार्टीका उम्मेदवारले दोस्रो लोकप्रिय मत प्राप्त गरे पनि त्यो जनमत पार्टी एक्लैको मत नभएको पनि दाबी गरे ।

उनले आफूलाई बाहिरिया भनेर प्रचार गरेकोमा पनि आक्रोश व्यक्त गरे । उनले भने, ‘नेपालमा जन्मिएका कोही पनि नागरिक बाहिरिया हुन्छ ? नेपालमा जन्मिएका सबै नेपाली धर्तीपुत्र हुन् । अमेरिका र बेलायतबाट आएका पो बाहिरिया हुन् । नेपालभित्रका नेपाली बाहिरिया हुनै सक्दैनन् । तिनलाई बाहिरिया भन्नु नै गलत सोच र प्रदूषित मानसिकता हो ।’

उनले आफूलाई जिताउनका लागि मत दिने तथा बाराका जनता सबैलाई बधाई र धन्यवाद दिए । उनले बाराको विकासको यात्रा सुरु भएको जिकिर गरे । उनले भने, ‘मेरो बुद्धि विवेकले भ्याएसम्म उपेक्षितलाई अधिकार दिलाउन लाग्नेछु । पछौटेपनमा रहेको जिल्लालाई विकास र समृद्धिको यात्रामा लैजान्छु ।’

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० 0९:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट