May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर

‘विखण्डनवादको बीज रोप्नेहरू परास्त भएका छन्’

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० 0९:२१
‘विखण्डनवादको बीज रोप्नेहरू परास्त भएका छन्’

बारा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल सार्वभौमिकता, अखण्डता र एकतालाई तोडेर विखण्डनवादको बीज रोप्नेहरू परास्त भएको टिप्पणी गरेका छन् । बारा क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा जीत हासिल गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष यादवले मधेसका जनतालाई जात–जातमा लडाएर विद्वेष फैलाउने प्रयास गर्नेहरू नराम्ररी परास्त भएको बताएका हुन् । उनले जनमत पार्टीका उम्मेदवारले दोस्रो लोकप्रिय मत प्राप्त गरे पनि त्यो जनमत पार्टी एक्लैको मत नभएको पनि दाबी गरे ।

उनले आफूलाई बाहिरिया भनेर प्रचार गरेकोमा पनि आक्रोश व्यक्त गरे । उनले भने, ‘नेपालमा जन्मिएका कोही पनि नागरिक बाहिरिया हुन्छ ? नेपालमा जन्मिएका सबै नेपाली धर्तीपुत्र हुन् । अमेरिका र बेलायतबाट आएका पो बाहिरिया हुन् । नेपालभित्रका नेपाली बाहिरिया हुनै सक्दैनन् । तिनलाई बाहिरिया भन्नु नै गलत सोच र प्रदूषित मानसिकता हो ।’

उनले आफूलाई जिताउनका लागि मत दिने तथा बाराका जनता सबैलाई बधाई र धन्यवाद दिए । उनले बाराको विकासको यात्रा सुरु भएको जिकिर गरे । उनले भने, ‘मेरो बुद्धि विवेकले भ्याएसम्म उपेक्षितलाई अधिकार दिलाउन लाग्नेछु । पछौटेपनमा रहेको जिल्लालाई विकास र समृद्धिको यात्रामा लैजान्छु ।’

  • साझा परिवेश
  • बुधबार, बैशाख १३, २०८० 0९:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट