April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेशसभा बैठक स्थगित सुप्रिम सहकारी : ओमप्रकाश गुरुङलाई थुनामा पठाउन आदेश, दिपेश पुनसँग ४ लाख धरौटी माग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद कांग्रेसको बहिष्कारबिच गण्डकी प्रदेशसभा बैठक बस्ने संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित

नातिनी अपहरण गरेर छोरीसँग फिरौती माग्ने हजुरबुवा

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १५:५३
नातिनी अपहरण गरेर छोरीसँग फिरौती माग्ने हजुरबुवा

‘सावाँको भन्दा ब्याजको माया लाग्छ’ यो भनाई हजुरबुवा–हजुरआमाले आफ्ना नाति नातिनाका लागि प्रयोग गर्ने वाक्य हो । आफ्नो सन्तानको भन्दा पनि नाति नातिनाको बढी माया लाग्छ भनेर यो वाक्यले भन्न खोजिरहेको छ तर चीनका एक हजुरबुवाले भने यो वाक्यको ठिक विपरीत गरेर धेरैलाई चकित बनाएका छन् । चीनका ६५ वर्षका अवकाशप्राप्त एक वृद्धाले आफ्नै नातिनी अपहरण गरेर छोरीसँग ७० हजार डलर (करिब ९२ लाख रुपैयाँ) फिरौती मागेका छन् ।

चिनियाँ मिडियाका अनुसार युआन थर भएका वृद्धलाई जुवाको लत बसेको थियो । के सनक चढ्यो, उनी नातिनीलाई अपहरण गर्न उनको स्कुल गए । त्यसपछि नातिनीलाई उनको आमाबुवाको घरमा पु¥याइदिनुको साटो छोरीलाई सिधै फोन गरे । फोनमा उनले ‘छोरीलाई हेर्न मन छ भने ७० हजार डलर फिरौती देऊ’ भनेर धम्की दिए ।

एक पटक त उनले तीन दिनभित्र फिरौती रकम नबुझाए चार वर्षीय नातिनीको हत्या गरिदिनेसमेत धम्की दिए । उनकी छोरीले तत्काल यसबारे प्रहरीलाई खबर गरिन् । त्यसपछि युआन पक्राउ परे ।

घटना कहिलेको हो भनेर स्पष्ट जानकारी छैन तर साङ्घाई ल जर्नलले ती वृद्ध पहिले पनि जेल परिसकेको बताएको छ । उनले पक्राउ पर्नुको सबै दोष आफ्नी छोरीलाई दिएका थिए । साथै छोरीले आफ्नो भलाई के मा हुन्छ भनेर नसोचेको र आफ्नो जीवनलाई सहज बनाइदिनुको साटो मरे हुन्छ जस्तो व्यवहार गरेको आरोप पनि लगाए । उनले आफ्नी छोरीलाई कृतघ्न भने ।

युआनको यस्तो व्यवहारपछि धेरैले उनलाई बुवा र हजुरबुवा हुन लायक नभएको भन्दै गाली गरे । कतिले उनकी छोरीलाई बुवासँगको सबै सम्बन्ध तोडिदिन सल्लाहसमेत दिए ।

अडिटी सेन्ट्रलका अनुसार ती व्यक्ति जेलमा हुँदा छोरीसँगको सम्बन्ध बिग्रिएको तर पूर्व श्रीमतीको सहयोगमा उक्त सम्बन्ध पुनः सुमधुर भयो ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १४, २०८० १५:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट