April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल

लिफ्टिङ आयोजनामा बिजुली महसुल अनुदान र यातायात सुधार्न गरियो निर्णय

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० १६:३६
लिफ्टिङ आयोजनामा बिजुली महसुल अनुदान र यातायात सुधार्न गरियो निर्णय

पोखरा । गण्डकी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालयको सेवाप्रवाह सुधार गर्न समिति गठन गर्ने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले समिति गठन गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको बैठक तथा प्रशासन महाशाखा सचिवको संयोजकत्वमा ५ सदस्यीय समिति बनाउने पहिलो मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो । सदस्य सचिवमा भौतिक मन्त्रालयकै प्रशासन तथा यातायात महाशाखा प्रमुख रहनेछन् ।
समितिको सदस्यमा कार्यालयको शासकीय सुधार तथा समन्वय महाशाखा सचिव, आर्थिक मामिला मन्त्रालय सचिव र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रहनेछन् ।

मन्त्रिपरिषद्को निर्णय अनुसार सवारी चालक अनुमतिपत्र वितरण प्रक्रिया छिटो, छरितो र प्रभावकारी बनाउन अध्ययन गरी सुझावसहितको प्रतिवेदन १५ दिन भित्र पेश गर्न भनिएको छ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेशको कृषि उत्पादन बढाउन तथा खानेपानीमा सहजता ल्याउन लिफ्टिङ प्रविधिका योजनाको विद्युत महसुलमा शतप्रतिशत् अनुदान दिने दोस्रो निर्णय गरेको छ ।

प्रदेशमा कृषि उपज उत्पादन र उत्पादकत्व बढाउन तथा जनतालाई सहज खानेपानी पुर्याउन लिफ्टिङ खानेपानी र सिँचाइ योजनामा विद्युत महसुलमा शतप्रतिशत अनुदान दिने निर्णय गरिएको गण्डकी प्रदेशकी नवनियुक्त बिनाविभागीय मन्त्री सरस्वती अर्यालले जानकारी दिइन्। उनले भनिन्, ‘जहाँ लिफ्टिङ खानेपानी छ त्यहाँ पानी तान्दा जति महशुल लाग्छ त्यसलाई पूर्ण रूपमा निशुल्क गर्ने निर्णय भएको छ ।’

निवर्तमान मुख्यमन्त्री नेकपा एमालेका खगराज अधिकारी संसदमा आवश्यक विश्वासको मत नपाएका कारण पदमुक्त भएपछि पाण्डे बिहीबार संविधानको धारा १६८ को उपधार २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

बिहीबार नियुक्त भएका मुख्यमन्त्रीले शुक्रबार सपथ ग्रहण गरेका थिए भने लगत्तै नेपाली कांग्रेसकी सरस्वती अर्याल र नेकपा माओवादी केन्द्रबाट सुशीला सिम्खडा बिनाविभागीय नियुक्त गरेका हुन् ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १५, २०८० १६:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट