May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

टी–२० विश्व कप एसिया छनोट : ओमान र बहराइन विजयी

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १४:४२
टी–२० विश्व कप एसिया छनोट : ओमान र बहराइन विजयी

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोट अन्तर्गत आजका खेलमा ओमान र बहराइन विजयी भएका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले सिङ्गापुरलाई र मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनले हङकङलाई हराएको हो ।

सिङ्गापुरलाई २२ रनले पराजित गरेको ओमानले लगातार दोस्रो जित निकालेको छ। यसअघि पहिलो खेलमा ओमानले मलेसियालाई पराजित गरेको थियो ।

आज टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७४ रन बनाएको थियो । जवाफमा सिङ्गापुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ५२ रनमात्रै बनायो ।

यस्तै, मूलपानी क्रिकेट मैदानमा बहराइनले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याएको हङकङ १९ ओभर एक बलमा एक सय २६ रन बनाएर आउट भयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन १९ ओभर ३ बलमा एक सय ४६ रन बनाउँदै अलआउट भएको थियो । लगातार दोस्रो जित निकालेको ओमान तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल नजिक पुगेको छ ।

लगातार दुई खेलमा पराजित भएको सिङ्गापुर एक खेल अगावै सेमिफाइनल यात्राबाट बाहिरिएको छ । आजै कीर्तिपुरमा दिउँसो साढे १ बजे नेपाल र मलेसिया तथा मूलपानीमा कुवेत र यूएई खेल्दैछन् ।

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक १४, २०८० १४:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।