April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

महावीर पुनका माग तत्काल सम्बोधन हुनुपर्छः महामन्त्री शर्मा

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १0:२५
महावीर पुनका माग तत्काल सम्बोधन हुनुपर्छः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनको माग राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन्। शनिवार नेपाल विद्यालय कर्मचारी परिषद्ले ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।

शर्माले गैरनाफामुलक संस्था बनाइ निजी क्षेत्रबाट नेपालमा आविष्कार गर्ने कुरालाई अग्रणी संस्थाको रुपमा विकास गर्ने व्यक्तिको माग सरकारले तत्काल संवादबाट समाधान गर्नुपर्ने उल्लेख गरे। उनले राज्यले सम्मान गर्नुपर्ने व्यक्तित्व सडकमा उभिनु सुन्दर पक्ष नरहेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल महावीर पुनसँग संवाद गरी माग सम्बोधन गर्न शर्माले आग्रह गरेका छन्। महामन्त्री शर्माले आविष्कार र नवप्रवर्तनमा जोड दिनेकुरा राज्य प्रणाली कस्तो बन्ने भन्नेसँग जोडिएको भन्दै कस्तो प्रकारको समाज बनाउने हो त्यसमा ध्यान दिन भनेका छन्।

शर्माले भने,‘यही बेलामा महावीर पुन जस्ता मान्छेहरु नवप्रवर्तन, आविष्कारका लागि नयाँ इनोभेसनको कुराका लागि राज्यले प्राथमिकता देओस् भनेर सडकमा पुग्नुपरेको छ। सम्माननीय प्रधानमन्त्रीज्यूसँग मैले अरु नै कारणले भेट्नु थियो, बालुवाटारमा भेट्दै गर्दा पनि मैले यसको बारेमा स्मरण गराएको छु।

महावीर पुनको विषयलाई यथाशीघ्र सम्बोधन गर्नुपर्छ। महावीर पुन जत्तिको एउटा आविष्कार केन्द्र खोलेर गैरनाफामुलक संस्था बनाएर निजी
क्षेत्रबाट नेपालमा आविष्कार गर्ने कुरालाई अग्रणी संस्थाको रुपमा उभिएको व्यक्तित्व सडकमा उभिएको अवस्था सुन्दर देखिएको छैन।’

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १0:२५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।