March 28, 2024 | बिहिबार, चैत्र १५, २०८०
सुचनाहरु
राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा दोहोरो कर प्रणालीे समस्याको सम्वोधन गर्न अर्थमन्त्री पुनको प्रतिवद्धता अवैध विदेशी मुद्रासहित तीनजना विमानस्थलबाट पक्राउ राप्रपाबाट इलाम-२ मा लक्ष्मी गुरूङ उम्मेदवार महिला, बालबालिकामन्त्री चौधरी र फिनल्याण्डका राजदुतविच शिष्टाचार भेट नेपाल ‘ए’ र आयरल्यान्ड उल्भ्सबीचको खेल रद्द आईपीएल : आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स खेल्दै मन्त्री चाैधरीकाे अग्रसरतामा अपाङ्गता सम्बन्धी मापदण्ड बनाउन धर्नारत पक्षसँग सहमति मौसम खराबका कारण धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज भैरहवामा अवतरण सुनको मूल्य हालसम्मकै उच्च ; कति पुग्यो त तोलाको ? विपीको प्रतिमामा माल्यार्पण गरेर कांग्रेस महामन्त्री थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा मुम्बई र हैदराबादको खेलमा रेकर्डमाथि रेकर्ड, हैदराबाद ३१ रनले जित्यो नेपाल प्रहरीका ८ डिएसपी एसपीमा बढुवाका लागि सिफारिस एमाले झापाको ११ औं जिल्ला अधिवेशन आजदेखि को हुन् मलेसियमा झन्डै ६ लाख रिंगेट भेट्टाउने नेपाली ? मनसुन शुरु हुनुभन्दा अघि नै भूकम्प पीडितलाई राहत वितरण गरिने गृहमन्त्रीको दाबी आगलागी पीडितको स्थायी घर निर्माणका लागि पहल गर्दै मुख्यमन्त्री कार्की इलाममा एकीकृत समाजवादीले जीतबहादुर राई उम्मेदवार बनाउने प्रेस सेन्टर नेपालद्वारा पत्रकार महासंघको निर्वाचन लक्षित बैठक सम्पन्न एसइइ आजबाट सुरु ; पाचलाख बढी परिक्षार्थी सहभागी

डाक्टरले विवाह गर्न नमानेपछि नर्सले गरिन् आत्महत्या

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १२:१५
डाक्टरले विवाह गर्न नमानेपछि नर्सले गरिन् आत्महत्या

काठमाडौँ । लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न अस्वीकार गरेको भन्दै एक युवतीले युवककै घरमा पुगेर आत्महत्या गरेकी छिन् । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय नर्स अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी छिन् ।
प्रहरी वृत्त बालाजुका अनुसार ३४ वर्षीय अनुमा श्रेष्ठले आत्महत्या गरिसकेको अवस्थामा बोहोराटारस्थित प्रेमी सुजन ढकालको घरमा शव भेटिएको हो । शनिवार अपराह्न ३ः५२ बजे अनुमाले आत्महत्या गरिसकेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको छ ।

मृतक अनुमा श्रेष्ठकी काकी सिर्जना श्रेष्ठका अनुसार प्रेमी सुजन ढकाल र उनका बुवाले विवाह गर्न अस्वीकार गरेपछि शनिवार दिउँसो प्रेमीकै घरमा पुगेर अनुमाले आत्महत्या गरेकी थिइन् । पेशाले अनुमा स्टाफ नर्स हुन् भने उनका प्रेमी भनिए
का सुजन ढकाल डाक्टर हुन् । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्थे ।
मृतककी काकी सिर्जनाका अनुसार अनुमाको सोह्रखुट्टेमा कोठा छ भने सुजनको घर बालाजु बोहोराटारमा रहेको थियो । अनुमा बेलाबेलामा सुजनकै घरमा समेत गएर बस्ने गरेकी थिइन् । अनुमाले विवाहका लागि पटकपटक आग्रह गर्दा पनि केटापक्षले नमानेपछि अनुमाले शनिबार आत्महत्या गरेकी हुन् ।

अनुमाले आत्महत्या गरेकै स्थानबाट एउटा डायरी बरामद भएको छ । बरामद भएको डायरीमा अनुमाले आफ्नो जीवन भोगाई, प्रेमसम्बन्ध, विवाहका लागि भएको प्रयास र केटा पक्षको परिवारले गरेको अस्वीकार लगायतको विषयमा उल्लेख गरेकी छिन् । नुवाकोट स्थायी घर भई हाल बोहोराटार हाइटमा घर बनाई बसोबास गरिरहेका सुजन ढकालका बुवाले अनुमासँग छोरा सुजनको विवाह गराइदिन अस्वीकार गरेको कारण अनुमाले आत्महत्या गर्नुपरेको मृतककी कार्की सिर्जनाले दाबी गरिन् । अनुमाको शवसँगै भेटिएको ‘सुसाइडल डायरी’मा आफूले दुई पटकसम्म गर्भपतन गराएको, प्रेमीका बुवाले विवाह गर्न नदिएको लगायतका कुरा समावेश गरेकी छिन् ।

अनुमाले यसअघि पनि आत्महत्याको प्रयास गरेको उनकी कार्की सिर्जनाले बताइन् । यसअघि गत वर्षको वैशाख र गत साउनमा पनि आत्महत्याको प्रयास गरेको तर त्यतिबेला बचाउन सकिएको सिर्जनाले बताइन् । यसपटक भने अनुमाले प्रेमी सुजन ढकालकै घरमा पुगेर आत्महत्या गरिसकेको अवस्थामा भेटिएको छ । सुसाइडल नोटमा अनुमाले ‘मायालाई मजाक बनाइएको’ भन्दै बिदा हुने कुरा उल्लेख गरेकी छिन् ।

आत्महत्याको समयमा प्रेमी ढकाल धरानमा

यता अनुमाले प्रेमी सुजन ढकालकै घरमा गएर आत्महत्या गरेको समयमा प्रेमी सुजन ढकाल भने धरानमा रहेको पाइएको मृतककी काकी सिर्जनाले बताइन् । ढकाल काम विशेषले हो वा अन्य कारणले धरान गएको भन्ने जानकारी नपाएको सिर्जनाले बताइन् ।

आत्महत्या दुरुत्साहनमा जाहेरी दिने तयारी

लामो समय प्रेम सम्बन्धमा रही दुईपटक गर्भपतन समेत गराइसकेकी प्रेमिकालाई विवाह नगरी अलपत्र पारेको र प्रेमीका बुवाले समेत विवाह गरी घरमा भित्राउन अस्वीकार गरी आत्महत्या गर्न बाध्य बनाएको भन्दै उनीहरुविरुद्ध आतमहत्या दुरुत्साहनमा जाहेरी दिने तयारी गरेको मृतककी काकी सिर्जना श्रेष्ठले बताइन् । आफूहरू यतिबेला प्रहरी वृत्त बालाजुमा रहेको र जाहेरी दिने तयारी गरिरहेको बताइन् । प्रहरीले भने यस विषयमा अनुसन्धान भइरहेको बताएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १२:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट