July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मृत नर्सको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम हुदै

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० ११:५७
मृत नर्सको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम हुदै

काठमाडौं । काठमाडौंमा एक स्टाफ नर्स मृत फेलापरेको घटनाको प्रहरी अनुसन्धान जारी छ । वीर अस्पतालमा कार्यरत २९ वर्षीया स्टाफ नर्स अनुमापिया श्रेष्ठ मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शवको पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टमबाट मृत्युको यकिन तथ्य थाहा हुने परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए ।

“पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टमपछि आत्महत्या हो कि के हो थाहा हुन्छ,” उनले भने, “अनुसन्धान जारी छ । कुनै निष्कर्षमा पुगेका छैनौँ ।”
गएको शनिबार अपराह्न करिब ४ बजे काठमाडौं महानगरपालिका–१६, बोहोराटारस्थित एउटा घरको कोठमा झुन्डिएको अवस्थामा श्रेष्ठको शव फेलापरेको थियो । प्रहरीका अनुसार विराटनगरस्थित कोसी अस्पतालमा कार्यरत चिकित्सक सुजन ढकालको कोठामा श्रेष्ठ मृत फेलापरेकी हुन् ।

प्रहरीले घटनास्थलमा एउटा ‘सुसाइड नोट’ फेलापारेको थियो । त्यस विषयमा पनि अनुसन्धान भइरहेको एसपी रिजालले बताए ।

 

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट