काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
बैठक पार्टी कार्यालय बसुन्धरामा सुरु भएको हो । आज दिउँसो ३ बजे संसदीय दलको बैठक पनि बस्दै छ । आजको बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने वा सरकारमा जाने विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले रास्वपालाई सरकारमा आउन आग्रह गरेका छन् । आफूहरूले उठाएको विषय समेटिए सरकारमा जान सकिने रास्वपाका नेताहरू बताउँछन् ।