May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

न्यायाधीश सिफारिसका लागि सर्वोच्चमा बैठक

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १२:0४
न्यायाधीश सिफारिसका लागि सर्वोच्चमा बैठक
  • न्यायाधीशको लागि  प्रधानन्यायाधीशले अनौपचारिक बैठक राख्दै 
  • सहमति जुटाउन न्याय परिषद्का चार सदस्य सर्वोच्च अदालतमा उपस्थित हुने 
  • सोमबार सिफारिस गर्ने भन्ने सम्बन्धमा सहमति हुन सकेन 

काठमाडौँ ।। 

सर्वोच्च अदालतमा रिक्त ७ न्यायाधीशको सिफारिसको सम्बन्धमा छलफल गर्न प्रधानन्यायाधीशले अनौपचारिक बैठक डाकेका छन् । न्यायाधीश सिफारिसका सम्बन्धमा सहमति जुटाउन प्रधानन्यायाधीश सहितका न्याय परिषद्का चार सदस्य सर्वोच्च अदालतमा उपस्थित भएका छन् । सर्वोच्च अदालत श्रोतका अनुसार यतिबेला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा, सदस्य रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सर्वोच्च अदालतमा बैठक बसिरहेका छन् ।

न्याय परिषद्का सदस्य रहने कानुनमन्त्री धनराज गुरुङ नआइपुगेको कारण यतिबेला उनीहरु आन्तरिक छलफलमै रहेका छन् । सोमबार पनि प्रधानन्यायाधीश श्रेष्ठ, वरिष्ठतम् न्यायाधीश खतिवडा र न्याय परिषद्का सदस्यहरुले अनौपचारिक छलफल गरेका थिए । सोमबारको छलफलबाट कस कसलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने भन्ने सम्बन्धमा सहमति हुन नसकेपछि मंगलबार बिहानै अनौपचारिक छलफल भएको हो ।

 

 

 

 

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १२:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।