May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

पैसा नउठेपछि ऋणीको घरमै पुगेर आत्मदाह

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १५:0१
पैसा नउठेपछि ऋणीको घरमै पुगेर आत्मदाह

विराटनगर । रकम फिर्ता नगरेपछि विराटनगरमा एक वृद्धले ऋणीको घर अगाडि आत्मदाह गरेका छन् । विराटनगर महानगरपालिका-३ का ६५ वर्षीय गोविन्दप्रसाद नेपालले विराटनगर महानगरपालिका–४ तित्रिगाछीका प्रगति भनिने गति पोखरेलको घर अगाडि आत्मदाह गरेका हुन् । १४ वैशाखको बिहान करिब साढे १० बजे पोखरेलको घरमा पुगेर नेपालले आफैंलाई पेट्रोल छर्किएर आगो लगाएका प्रहरीले जनाएको छ । आगोले जलेर गम्भीर घाइते भएका उनलाई रेडप्लस अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा भोलिपल्ट उनको मृत्यु भयो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी रञ्जनकुमार दाहालका अनुसार १५ वैशाखमा नेपालको मृत्यु भएपछि आत्महत्या दुरुत्साहन आरोपमा विराटनगर–४ तित्रीगाछीका प्रगति भनिने ५५ वर्षीय गति पोखरेल र उनकी बहिनी ३६ वर्षीया सबिना पोखरेल पक्राउ परेका हुन् ।
प्रहरी नायव उपरीक्षक दाहालका अनुसार मृतक नेपालले पोखरेललाई २०७२ सालमा ऋण दिएका थिए ।विराटनगर महानगरपालिकाको कार्यालय सहयोगीबाट अवकाश पाएका नेपालले दिएको ऋण उठाउन अनेक प्रयास गरे तर फिर्ता पाएनन् । ऋण उठाउने प्रयास असफल भएपछि ऋणीको घरमै पुगेर आत्मदाह गरेको अनुसन्धानका क्रममा खुलेको उनले बताए ।

‘२०७२ सालमा २१–२२ लाख रुपैयाँ ऋण दिनुभएको रहेछ, तर त्यो पैसा नउठेपछि ऋणीको घरमै पुगेर आत्मदाह गरेको देखियो’, उनले भने, ‘स्थानीयले खबर गरेपछि बृद्धलाई उपचारका लागि अस्पताल लगियो ।’ बृद्धले आत्मदाह गर्दा गति पोखरेल घरमै थिए । ‘उहाँहरुको पारिवारिक सम्बन्ध खुल्दैन, चिनजानका आधारमा ऋण दिएको देखिन्छ’, उनले भने, ‘ऋण उठाउन नसकेपछि आत्मदाह गरेको देखियो ।’मृतककी श्रीमतीले दिएको जाहेरीका आधारमा दाजुबहिनीलाई आत्महत्या दुरुत्साहन आरोपमा वैशाख १८ गते पक्राउ गरिएको उनले बताए ।

सामान्य परिवारका पोखरेलले कुन प्रयोजनका लागि ऋण लिएका हुन् भन्ने खुलिनसकेको डीएसपी दाहालले बताए । प्रहरीले दाजु गतिलाई उनकै घरबाट र बहिनी सबिनालाई झापाको कमल गाउँपालिका– ४ बाट पक्राउ गरेको बताएको छ ।पक्राउ परेकाहरुमाथि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अदालतबाट अनुमति लिइसकेको डीएसपी दाहालले बताए ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १५:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट