May 8, 2024 | बुधबार, बैशाख २६, २०८१
सुचनाहरु
संवैधानिक परिषद्ले गर्ने सबै निर्णयहरु सर्वसम्मतिले गर्ने व्यवस्था गर्नुपर्छ: गृहमन्त्री लामिछाने ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु अमेरिका पठाइदिन्छु भन्दै एक करोड बढी ठगी, एक पक्राउ कोशीको प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई भृकुटीमण्डपको खुला बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन धेरै कर्मचारीले एकै पटक बिदा लिएपछि एयर इन्डियाका ८० भन्दा बढी उडान रद्द ‘निर्वाचन आयोगविरुद्ध अदालत जान्छु’ : जसपा अध्यक्ष यादव म प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधार भएको छ: प्रधानमन्त्री प्रचण्ड गम्भीर तथा घातक रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता गर्ने सांसद सुहाङ नेम्वाङले लिए शपथ आज कति छ त् सुनको मुल्य ? देउवाले बोलाए शीर्ष नेताको बैठक झापाको बिर्तामोडमा एक वृद्धा घरभित्रै मृत फेला सलोन बस्नेतलाई पुत्री लाभ सुहाङले आज सांसदको ग्रहण गर्दै कस्तो रहला आजको मौसम ? कुन कुन ठाउमा पर्ला पानी ? आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट संसदमा बोल्न पाउँ भन्दै रवि लामिछानेले दिए निवेदन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन सकियो, कांग्रेसले छोडेन अडान

बैतडीमा स्थानीय तहले पनि सार्वजनिक बिदामा सेवा दिने

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १0:३९
बैतडीमा स्थानीय तहले पनि सार्वजनिक बिदामा सेवा दिने

बैतडी । जिल्लाका स्थानीय तहहरूले पनि सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने भएका छन्। यहाँको सुर्नया गाउँपालिकाले एक सूचना जारी गर्दै बिदाको दिन पनि सेवा दिन जनाएको छ।

शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन गाउँपालिकाले सेवा दिने सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए। अब बिदाको दिन सबै वडा कार्यालय, स्वास्थ्य सस्था र गाउँपालिकाबाट प्रवाह हुने सेवा सञ्चालन हुनेछ।

नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने व्यवस्था गरेअनुरूप गाउँपालिकाले पनि सेवा प्रवाह गर्ने निर्णय गरेको हो।

यसअघि जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक बिदाको दिन सेवा प्रवाह गर्ने जनाएको थियो।  प्रशासनले सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए।

सरकारले २०८० मा सार्वजनिक बिदा दिइएको विभिन्न २४ वटा बिदाका दिनमा पनि सरकारी सेवा दिने निर्णय गरेको थियो। २०८० मा शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा दिइएको छ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १0:३९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट