April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

पत्रकारिता यथार्थपरक हुनुपर्छ : मुख्यमन्त्री

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:५३
पत्रकारिता यथार्थपरक हुनुपर्छ : मुख्यमन्त्री

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकारिता निष्पक्ष, विश्वसनीय र यथार्थपरक हुनुपर्ने बताउनुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर बुधबार नेपाल पत्रकार महासङ्घ मधेश प्रदेश समितिको आयोजनामा रौतहटको चन्द्रपुर नगरपालिकामा सञ्चालित मधेश प्रदेश सञ्चार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।

मुख्यमन्त्री यादवले मधेश प्रदेशका पत्रकारको हक, हित, संरक्षण र पेसागत दक्षताका लागि मधेश सरकारले चाहेजति सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । आगामी बजेटबाट मधेश प्रदेशका पत्रकारको सहयोगमा एक करोड २५ लाख रुपियाँको अक्षयकोष स्थापना गर्ने र जग्गा उपलब्ध भए मधेश प्रदेश सञ्चार भवन निर्माणका लागि आर्थिक सहयोगसमेत उपलब्ध गराउने वचन उहाँले दिनुभयो ।

प्रदेशमा विकास र भ्रष्टाचार कसरी नियन्त्रण गर्ने भन्ने विषयमा चिन्ता लागेको उहाँले बताउनुभयो । सङ्घीय सरकारबाट भ्रष्टाचार नियन्त्रण नहुने दाबी गर्दै उहाँले सङ्घीय सरकारले प्रहरी र कर्मचारी समायोजन गर्न दिएको खण्डमा २४ घण्टाभित्र भ्रष्टाचार नियन्त्रण गरेर देखाउने अठोट गर्नुभयो ।

कार्यक्रममा रौतहटका प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिना, रौतहट–४ का प्रदेश सभा सदस्य युवराज भट्टराई, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाललगायत मधेश प्रदेशका पत्रकारहरूको उपस्थिति थियो ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख २१, २०८० १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।