April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

नेपालीले चपाए ४१ करोडको चुइगम

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० १४:0९
नेपालीले चपाए ४१ करोडको चुइगम

काठमाडौँ । चालू आर्थिक वर्षमा विदेशबाट चुइगम आयातमा ४१ करोड रुपैयाँभन्दा धेरै रकम बाहिरिएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू वर्षको ९ महिनाको अवधिमा ४१ करोड १७ लाख रुपैयाँ बराबरको चुइगम आयात भएको हो ।

साउनदेखि चैत महिनासम्मको यस अवधिमा १२ लाख ५१ हजारभन्दा धेरै किलो चुइगम आयात भएको छ । यसबापत आयातकर्ताले राज्यलाई ३३ करोड ११ लाख रुपैयाँ राजश्व तिरेका छन् ।

नेपालमा विश्वका ६ वटा देशबाट चुइगम आयात हुँदै आइरहेको छ । जर्मनी, भारत, टर्की, अमेरिका र बेलायत तथा नाम नखुलेको देशबाट समेत चुइगम आउने गरेको छ । भारतबाट सबैभन्दा धेरै ४० करोड २२ लाख रुपैयाँको चुइगम भित्रिँदा अमेरिकाबाट ३७ लाख ६५ हजारको चुइगम भित्रिएको छ ।

यस्तै, बेलायतबाट ५ लाख ४२ हजारको चुइगम आयात भएको छ भने टर्कीबाट ४१ लाख ६४ हजार रुपैयाँको चुइगम आयात भएको छ । यस्तै, नाम नखुलेको स्थानबाट १० लाख ७६ हजार रुपैयाँको चुइगम आयात हुँदा जर्मनीबाट १६ हजारको चुइगम भित्रिएको तथ्याङ्क छ ।

यस्तै, ९ महिनाको अवधिमा नेपालबाट समेत चुइगम निर्यात भएको छ । यो अवधिमा नेपालबाट १० लाख ९२ हजार रुपैयाँ बराबरको १३ लाख ९७ हजार किलोग्राम चुइगम निर्यात भएको छ । नेपालबाट निर्यात भएको सम्पूर्ण चुइगम भारततर्फ गएको छ ।

  • साझा परिवेश
  • शनिबार, बैशाख २३, २०८० १४:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।