जनकपुरधाम । पोखरीमा नुहाउन गएका क्रममा डुबेका एकै घरका दुई बालकको शनिवार राति उपचारको क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरू ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारी रहेका छन् ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा डुबेर दुवै बालक डुबेका थिए ।
स्थानीय र प्रहरीले उद्धार गरी दुवै जनालाई प्रादेशिक अस्पताल पुर्याएको थियो । उपचारको क्रममा राति ८ बजेतिर दुवैको मृत्यु भयो ।
मृतक दुवै बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमै राखिएको छ ।