sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुदूरपश्चिम : भौतिक र अर्थ मध्ये एक नभए तीन मन्त्रालयमा माओवादीको दाबी

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० १0:५३
सुदूरपश्चिम : भौतिक र अर्थ मध्ये एक नभए तीन मन्त्रालयमा माओवादीको दाबी

कैलाली। सुदूरपश्चिम प्रदेशमा सरकार विस्तारलाई लिएर भागबन्डा मिल्न सकेको छैन। माओवादी केन्द्रले भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक मन्त्रालय माग गरेको छ ।

त्यस्तै सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मध्ये एक मन्त्रालय पनि माओवादीको माग छ ।

माओवादीको पहिलो रोजाइमा भौतिक पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक पाउनु हो । तर, यी दुवै मन्त्रालयमा अहिले मन्त्री नियुक्त भइसकेका छन् ।

कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्रालयमा कांग्रेस सभापति शेरबहादुर देउवाका भतिजा प्रकाश देउवाले सम्हालिरहेका छन् भने आर्थिक मामिला तथा योजना मन्त्रालयमा नेकपा एकीकृत समाजवादीका नरेश शाही छन् ।

यी दुवै मन्त्रालयमा मुख्यमन्त्री शाहले विश्वासको मत पाउनु भन्दा अघि नै मन्त्री नियुक्त गरेका हुन् । अहिले माओवादीले रोजेको मन्त्रालय कांग्रेस र नेकपा एकीकृत समाजवादी दुवैले छोड्न मानेका छैनन् ।

यी दुई मन्त्रालय मध्ये एक मन्त्रालय नपाए माओवादी केन्द्रले तीन मन्त्रालयको दाबी गरेको छ । प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी सांसदहरूले भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय मध्ये एक र सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मध्ये एकमा अडान लिन आग्रह गरेका थिए ।

उनीहरूले पहिलो रोजाइका दुई मन्त्रालय नपाउने अवस्थामा माओवादीले प्रदेशमा तीन मन्त्रालय पाउनु पर्ने समेत बताएका थिए ।
प्रचण्डले आज गठबन्धनका दलहरूको बैठक बस्ने र सबै भागबन्डा टुङ्गो लगाउने आश्वासन दिएका थिए ।

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० १0:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid