April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

आईपीएल : गुजरातको मुम्बई इण्डियन्समाथि ६ रनको रोमाञ्चक जित

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १0:१३
आईपीएल : गुजरातको  मुम्बई इण्डियन्समाथि ६ रनको रोमाञ्चक जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले विजयी सुरुवात गरेको छ । गएराति सम्पन्न खेलमा गुजरातले मुम्बई इण्डियन्समाथि ६ रनको रोमाञ्चक जित दर्ता गरेको हो । सुरुवाती १२ ओभरमा २ विकेट गुमाएर १ सय ७ रन बनाएको मुम्बईले अन्तिम ८ ओभरमा ५ विकेट गुमाएर ५५ रन मात्र जोड्न सकेपछि हार बेहोर्नु पर्यो । आईपीएलमा पहिलो पटक कप्तानी गरिरहेका शुभमन गिलले कप्तानको रुपमा पहिलो खेल जिते ।

अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा सुरुवाती ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनायो । गिलले २२ बलमा ३१ रन जोडे । गुजरातका लागि साई सुदर्शनले ३९ बलमा सर्वाधिक ४५ रन बनाए । राहुल तेवातियाले २२ तथा रिद्धिमान शाहले १९ रन बनाए । मुम्बईका जसप्रित बुम्राहले ३ विकेट लिए । जेराल्ड कोट्जीले २ तथा पियुस चावलाको नाममा १ विकेट रह्यो ।

गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६२ रन मात्र बनाउन सक्यो ।अन्तिम ओभरमा मुम्बईलाई जितका लागि १९ रनको आवश्यकता रहेको थियो । मुम्बईका कप्तान हार्दिक पन्ड्याले उमेश यादवको पहिलो दुई बलमा छक्का र चौका प्रहार गरे । तर त्यसपछि उमेश यादवले लगातार दुई बलमा हार्दिक र पियुस चावलालाई आउट गर्दै खेल गुजरातको पक्षमा मोडे ।बाँकी दुई बलमा ९ रन चाहिएकोमा मुम्बईले २ रनमात्र जोड्न सक्यो ।

मुम्बईका लागि ओपनर रोहित शर्माले ४३ रनको योगदान दिए । डेवाल्ड ब्रेभिसले सर्वाधिक ४६ रन बनाए । तिलक बर्मा २५ तथा नमन धिर २० रनमा आउट भए । गुजरातका लागि स्पेन्सर जोन्सन, मोहित शर्मा र अजमतुल्लाह ओमारजाईले २-२ विकेट लिए ।

हिजै भएको पहिलो खेलमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सलाई २० रनले पराजित गरेको थियो । आईपीएलमा आज पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बैङ्लोरबीच खेल हुनेछ ।

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १0:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।