काठमाडौं । काठमाडौंको चावहिलबाट पक्राउ परेका कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्न चाहेको स्रोतले जानकारी दिएको छ ।
उनले प्रधानमन्त्री दाहालसँग भेट गर्न समय खोजेको भए पनि दाहाल इच्छुक थिएनन् । पछि खाँणले पनि बाहिर निस्किदा पक्राउ पर्न सक्ने डरका कारण पछि भेट गर्ने खबर पठाएको उच्च स्रोतले जानकारी दियो ।