June 9, 2023 | शुक्रबार, जेष्ठ २६, २०८०
सुचनाहरु
गृहमन्त्री श्रेष्ठ : रानामगरलाई कालोमोसो लगाइएको भन्ने हल्ला झुटो हो करेन्ट लागेर १ जनाको मृत्यु कानुन हातमा लिनेविरुद्ध सरकारले कठोर कदम चाल्नु नपरोस् : उपप्रधानमन्त्री एमालेलाई गृहमन्त्रीको जवाफ- आन्दोलनका नाममा अराजक गतिविधिलाई छुट दिन्नौं माधवकुमार नेपाल : वंशको शासनलाई फर्काउने दुष्प्रयास हुदै जिल्ला निर्वाचन खारेजीमा छलफल हुदै प्रतिनिधिसभामा एमालेको विरोध कोशी प्रदेशको आन्दोलनबारे एमालेले माग्यो सरकारसँग जवाफ मुर्रालाई दुई महिनापछी नेपाल ल्याउने अत्याधिक गर्मी बढे सङै धरानमा असार ९ गते सम्म बिद्यालय बिदा हत्यालाई सरकारले सामान्य रुपमा लिनु निकै दुःखद् र रहस्यमय बन्यो शोषक, सामन्ती र जाली फटाहा बढे, इमान्दार पिल्सिन थाले : माधव नेपाल ५० हजार घुससहित टेकु ल्यावका अधिकृत पक्राउ राजेन्द्र पाण्डेको टिप्पणी: ७० वर्षे उमरहद हटाएसँगै एमालेमा राजतन्त्र भित्रियो नेपाल न्यूयोर्कमा १ सय ४५ मतले सदस्यमा निर्वाचित भरतपुरद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान सदनमा यी कुराहरु ध्यान दिनै पर्ने ‘जाहेरी दर्ता गर्ने बाहेक प्रहरीले १६ वर्षसम्म केही गरेन’ २९ जना जिल्ला न्यायाधीशका लागि जागिर खुल्यो आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

दीपक-दीपाको सिनेमा हल तयारी हुदै

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० १४:४५
दीपक-दीपाको सिनेमा हल तयारी हुदै

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरिरहेको सिनेमा हल साउन १ गतेबाट सञ्चालनमा आउने भएको छ । साउन १ गतेबाट सिनेमा हल सञ्चालन गर्ने दीपक–दीपालगायत लगानीकर्ताको तयारी छ ।

“साउन १ गते हल सञ्चालन गर्ने हाम्रो तयारी छ । अहिले सिट जडान र पर्दा हाल्ने काम भइरहेको छ,” दीपकले भने, “साउन १ गतेबाट नियमित रूपमा हल सञ्चालन गर्ने तयारी छ । यदि, साउन १ गतेसम्म काम सकिएन भने साउनको अन्तिमबाट सञ्चालनमा ल्याउँने छौँ ।” तर, साउन १ गतेबाटै सिनेमा हल सञ्चालन गर्ने तयारी रहेको र त्यहीअनुसार काम भइरहेको दीपक बताउँछन् ।

पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपकराज गिरी र दीपाश्री निरौलालगायतको समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्याउन लागेको हो । कोरोना संक्रमणको महामारीका कारण हल निर्माणको काम केही ढिलो भए पनि अन्ततः सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।

नयाँ बानेश्वर–शंखमुल रोडमा निर्माण भइरहेको सिनेमा हलमा अहिले इन्टेरियर डिजाइनको काम भइरहेको छ ।
दीपक–दीपा सकेसम्म आफ्नै सिनेमा ‘छक्का पञ्जा–४’ रिलिज गरेर यो हल सञ्चालन गर्ने योजनामा थिए । तर, निर्माण कार्य नसकिँदा उनीहरूको यो योजना भने पूरा हुन सकेन । ‘छक्का पञ्जा–४’ले फागुन १९ गते रिलिज भएको थियो ।

महलको माथिल्लो दुई तलामा सिनेमा हल निर्माण गरिएको छ । दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहनेछन् । करिब १० करोड निर्माण लागत रहेको दीपकले बताएका छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला, निर्मल शर्मासहति ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभाव रिमालको कम्पनीको लगानी रहेको छ ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० १४:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।