April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
भोलीदेखि सुरुहुने कक्षा १२ को परिक्षामा झण्डै ५ लाख परिक्षार्थी आईपीएलमा आज सनराइजर्स र रोयल च्यालेन्जर्स बैंगलुरु खेल्दै कर्णालीका मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिने स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप परालको कुन्युबाट सल्किएको आगोले महोत्तरीमा १०० बढी घर ध्वस्त अमेरिकामा प्रतिबन्ध हुन सक्ने कानुनविरुद्ध टिकटक अदालत जाने आइपिएल : गुजरातलाइ दिल्लीले जित्यो कस्तो रहला आजको मौसम ? उपनिर्वाचन : आजबाट प्रचारप्रसार निषेध सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

नेपालले टी–२० विश्वकपको आयोजना गर्ने

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १५:३२
नेपालले टी–२० विश्वकपको आयोजना गर्ने

काठमाडौं । नेपालले अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्रको छनोट प्रतियोगिता आयोजना गर्ने भएको छ । २०२४ को टी-२० विश्वकप वेष्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

२० टिमले प्रतिस्पर्धा गर्ने उक्त विश्वकपमा १२ टिले सिधै स्थान पक्का गरिसकेका भने ८ टिमले छनोटबाट स्थान बनाउनेछन् । एसिया क्षेत्रको छनोट आयोजनाको जिम्मेवारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले दिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

‘आईसीसीले क्यानलाई इमेल गर्दै टी-२० विश्वकप एसिया छनोटको जिम्मा दिएको छ र यसमा सहभागी हुने अन्य टिमलाई पनि जानकारी गराएको छ’, चन्दले अनलाइनखबरसँग भने, ‘टी २० विश्वकपको एसिया क्षेत्रको छनोट आगामी नोभेम्बर १ देखि १० सम्म हुने जानकारी गराएको छ ।’
एसिया छनोटमा नेपालसहित युएई, ओमान, हङकङ, बहराइन र सिंगापुरले प्रतिस्पर्धा गर्नेछन् । बाँकी दुई टिम एसिया छनोटको क्वालिफायर चरण पार गरेर आउनेछन् । क्वालिफायरको समूह ए मा कुवेत, माल्दिभ्स, कतार र साउदी अरेबिया छन् भने समूह बी मा मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्ड छन् । दुवै समूहबाट शीर्ष स्थानमा रहने टिमले नेपालमा हुने अन्तिम छनोट खेल्ने छन् ।

एसिया क्षेत्रको मुख्य छनोटमा सहभागि ८ टोलीलाई दुई समूह्यमा विभाजन गरेर खेलाइनेछ भने शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष हुने टी-२० विश्वकपमा छनोट हुने छन् । पछिल्लो तीन महिनामा नेपालले क्रिकेट विश्वकप लिग टु को दुई शृंखला र एसीसी प्रिमियर कपको सफल आयोजना गरेको थियो । जहाँ नेपालले उत्कृष्ट प्रदर्शन गर्दै लिग टु को शीर्ष तीनमा रहेर वान डे विश्वकपको छनोटमा स्थान बनायो भने एसीसी प्रिमियर कपको उपाधि नै जित्यो ।

यी प्रतियोगितामा उपस्थित नेपाली समर्थक अनी नेपाली टिमको प्रदर्शनले गर्दा अहिले विश्व क्रिकेटको नजर नै नेपालमा परेको छ । एसीसी प्रिमियर कपको सफल आयोजना गरेपछि नेपालले टी-२० विश्वकपको छनोटको एसिया छनोट आयोजना गर्ने दावी गरेको थियो र त्यसमा आईसीसी सकरात्मक बन्दै जिम्मेवारी दिएको क्यान अध्यक्ष चन्दले बताए । चन्दका अनुसार एसीसी प्रिमियर कप भएका दुई मैदान कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी मैदानमा छनोटका खेलहरु आयोजना गरिनेछ ।

चन्दले अब हरेक वर्ष नेपालले एसियाको कम्तीमा पनि एउटा प्रतियोगिता नियमित आयोजना गर्ने र आईसीसीको इभेन्ट आयोजनाका लागि पहल गर्ने बताए ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३१, २०८० १५:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।