July 4, 2025 | शुक्रबार, असार २१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

टोपबहादुर पक्राउ सूचना संसदमा पुगेन

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० १२:५३
टोपबहादुर पक्राउ सूचना संसदमा पुगेन

काठमाडौं। प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोप लागेपछि उनी पक्राउ परेका हुन्।

आइतबार नै उनी पक्राउ परेको भएपनि त्यस सम्बन्धी सूचना संसद सचिवालयले औपचारिक रुपमा प्राप्त नगरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । ‘सूचना प्राप्त भएपछि प्रतिनिधिसभामा सुनाइन्छ’ प्रवक्ता गिरीले भने। प्रतिनिधिसभा नियमावली २०७९ अनुसार कुनै पनि सांसद पक्राउ परेपछि लगत्तै संसदमा त्यसबारे सूचना दिनुपर्ने हुन्छ।

‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ’ नियमावलीको नियम २४८ मा छ । संविधानको धारा १०३ मा संसदमा बोलेको विषयका कारण सांसद पक्राउ पर्न नसक्ने तर फौजदारी अभियोग लागेको खण्डमा भने पक्राउ गर्न बाधा नपर्ने व्यवस्था छ ।

‘त्यसरी कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनु पर्नेछ’ संविधानको धारा १०३ को उपधारा ६ मा उल्लेख छ। सांसद टोपबहादुर रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष ब्यूरोले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो।

प्रहरी प्रधान कार्यालयले संसद सचिवालयलाई रायमाझी पक्राउ परेको सूचना नदिएका कारण सोमबार प्रतिनिधिसभामा उनी पक्राउ परेको सूचना सुनाउने विषय कार्यसूचीमा परेको छैन ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १, २०८० १२:५३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट