May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सांसदहरुलाई ल्यापटप दिने तयारी

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १४:१५
सांसदहरुलाई ल्यापटप दिने तयारी

विराटनगर । कोशी प्रदेशसभा सचिवालयले सांसदहरुलाई ल्यापटप दिने तयारी गरेको छ । ९३ जना प्रदेशसभा सदस्यलाई वितरण गर्न सचिवालयले ल्यापटप खरिद प्रक्रिया अघि बढाएको छ ।

ल्यापटप वितरणका लागि प्रदेश सरकारले प्रदेशसभा सचिवालयलाई एक करोड ५० लाख रुपैयाँ बजेट दिएको थियो । बजेट नभएको भन्दै प्रदेश सरकारले कतिपय विकास आयोजनामा भुक्तानी रोकेको छ । तर आर्थिक मामिला मन्त्रालय पनि सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट रकमान्तर गरेर सांसदलाई ल्यापटप बाँड्ने कार्यक्रमलाई बजेट दिएका छन् ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले प्रदेश सरकारले डेढ करोड रुपैयाँ उपलब्ध गराएपछि ल्यापटप खरिद प्रक्रिया अगाडि बढाएको बताए । ९३ प्रदेशसभा सदस्य र ७ संसदीय समितिका सचिवलाई पनि वितरण गर्न १०० वटा ल्यापटप खरिद गर्ने प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए ।

ल्यापटप दिएपछि प्रदेशसभा सदस्यहरुलाई चलाउन पनि सिकाउने पराजुलीले बताए । ‘हामीले ई-लेजिसलेसन (विद्युतीय संसद) को कुरा गरिरहेका छौं,’ उनले भने,‘त्यसका लागि ल्यापटप उपलब्ध गराउन लागिएको हो ।’

प्रदेशसभा सदस्यहरुले ल्यापटप पाएपछि प्रदेशसभा बैठकको जानकारी, कार्यसूची र विधेयकका बारेमा अनलाइन माध्यमबाट जानकारी दिइने प्रदेशसभा सचिव पराजुलीले बताए । ‘माननीयलाई हामी तालिम दिन्छौं, तालिम लिन नसक्नेहरुका स्वकीय सचिवले चलाउनुहुन्छ’, उनले भने, ‘यो राम्रो विषय हो ।’

‘सांसदलाई बदनाम गराउने खेल’

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने विकास निर्माणका आयोजनाको कामको भुक्तानी हुन नसकिरहेको बेला सांसदलाई ल्यापटप वितरण गर्नु गलत भएको बताउँछन् । उनले प्रदेशसभा सचिवालयले दिने ल्यापटप नलिनेसमेत बताए ।

‘हिजो म आर्थिक मामिला मन्त्री भएका बेला पटक-पटक ल्यापटप खरिद गर्ने प्रस्ताव आएको थियो, तर मैले मानिन, रोकेँ, रोक्दा विरोध पनि भयो,’ उनले भने,‘प्रदेश सांसदहरु आफैं ल्यापटप खरिद गर्न सक्षम छन् ।’

प्रदेशसभा सदस्यले एक महिनाको सुविधाले ल्यापटप खरिद गर्न सक्ने बताउँदै उनले सचिवालयले खरिद गरेर बाँड्नु बेठीक भएको बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३, २०८० १४:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट