May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

झापा गौरादहका अम्बरबहादुर विष्ट कोशीको सभामुख बन्ने निश्चित !

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० २0:३४
झापा गौरादहका अम्बरबहादुर विष्ट कोशीको सभामुख बन्ने निश्चित !

विराटनगर । तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि खाली भएको कोशी प्रदेशसभाको सभामुख राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अम्बरबहादुर विष्ट बन्ने करिब निश्चित भएको छ ।

सत्ता गठबन्धनमा रहेका दलले राप्रपालाई सभामुख पद लिन प्रस्ताव गरेकोमा राप्रपाले विष्टलाई अगाडि सारेको हो । यद्यपी त्यसको औपचारिक निर्णय गर्न भने बाँकी रहेको राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले जानकारी दिए ।

तत्कालिन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउनयता कोशी प्रदेश सभामुखविहीन छ । रिक्त रहेको सभामुखको निर्वाचन अगाडि बढाउने तयारीमा दलहरु छन् । यद्यपी निर्वाचनको मिति तय भइसकेको छैन ।

बुधबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखको निर्वाचनबारे छलफल भएको थियो । छलफलमा सभामुखको जिम्मेवारीमा रहेकी उपसभामुख सिर्जना दनुवारले सभामुखको निर्वाचनको लागि सहमतिको पहल गर्न मुख्यमन्त्रीलाई आग्रह गर्ने बताएको नेकपा एमालेको प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । मुख्यमन्त्रीले दलहरुसँग एक चरण छलफल गरेपछि निर्वाचनको मिति तय गर्ने सहमति कार्यव्यवस्थामा भएको उनको भनाइ छ ।

राजनीतिक समीकरणमा तत्कालै कुनै नाटकीय फेरबदल नआए अबको एक सातामा झापाको गौरादहका ७० वर्षीय विष्ट कोशीको सभामुख हुनेछन् । गौरादहा ७ ग्वालाडुव्वा घर भएका विष्ट झापा जिल्ला पञ्चायतका सदस्य भएका थिए । पञ्चायाती व्यवस्थाका बेलादेखि नै राजनीतिमा सक्रिय विष्ट उनी प्रदेशसभामा समानुपातिकतर्फका सांसद हुन् ।

सत्ता गठबन्धन दलका नेताले यसअघि केन्द्रमा भएको सहमति अनुसार राप्रपालाई सभामुख लिन अफर गरेको हो । गठबन्धनले राप्रपा नेता सिटौलालाई नै सभामुख बन्न भनेको भएपनि उनले बिष्टको नाम अगाडि सारेका हुन् । सभामुखमा बिष्टलाई अगाडि सार्ने सिटौलाले जानकारी दिए ।

राप्रपा र सत्ता गठबन्धन दलले विष्टलाई सर्वसम्मत सभामुख बनाउन चाहेका छन् । त्यसका लागि एमालेसँग छलफल गर्ने तयारीमा गठबन्धन र राप्रपा छ । राप्रपाले सकेसम्म सहमतिकै आधारमा सभामुख चयन होस् भन्ने चाहेको छ । गठबन्धनले भने सहमति नभए निर्वाचनबाट सभामुख चयन गरिने भन्दै तयारी गर्न राप्रपालाई भनिसकेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

नेकपा एमालेले उपसभामुख सृजना दनुवारलाई नै सभामुख बनाउन खोजेको भएपनि गठबन्धन दलले राप्रपालाई सभामुख बनाउन चाहेको छ । एमालेले राप्रपालाई उपसभामुख लिएर आफूहरुलाई सभामुख दिन प्रस्ताव गरेको राप्रपाले त्यसलाई अस्वीकार गरिसकेको छ ।

राप्रपा पनि एमालेलाई सभामुख स्वीकार गर्ने पक्षमा नउभिएपछि एमालेले राप्रपाको उम्मेदवारप्रति लचक हुने संकेत गरेको छ । एमालेका सचेतक भण्डारीले आफ्नो पार्टीले के गर्ने भन्ने तय नभएको बताउँदै छलफलपछि निर्णयमा पुग्ने बताए । राप्रपालाई स्वीकार गर्ने कि नगर्ने भन्ने विषय छलफलपछि निर्णयमा पुग्ने उनको भनाइ छ ।

राप्रपा नेता सिटौलाले एमालेसँग पनि सल्लाह गरेर सभामुख सर्वसम्मत बनाउने प्रयास गरिने बताएका छन् । गठबन्धनको सहयोगमा सभामुख लिन तयार भएको राप्रपा तत्काल सरकारमा भने नजाने उनले जानकारी दिए । विपक्षीले सभामुख लिने अन्तराष्ट्रिय अभ्यास रहेको भन्दै उनले एमालेसँग उपसभामुख रहेकोले सभामुख राप्रपाले पाउनु स्वभाविक रहेको बताएका छन् ।

राप्रपा नेता विष्टले पनि आफू सभामुख बन्ने संभावना देखिएको स्वीकार गरेका छन् । ‘परिस्थिति त्यस्तै देखिँदैछ’, उनले भने, ‘अवसर आए प्रदेशसभाको नेतृत्व गर्न तयार भएर बसेको छु ।’

कोशीको ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक छ । वर्तमान सत्ता गठबन्धनसँग जम्मा ४७ सांसद छन् । राप्रपाका ६ सांसद थपिँदा ५३ पुग्ने भएकोले सभामुखको निर्वाचन नै भएमा पनि राप्रपाका उम्मेदवार जित्ने निश्चित छ ।

गठबन्धनसँग ठिक्क बहुमत मात्र रहेकोले सभामुख राप्रपालाई दिएर बहुमत कायम राख्न चाहेको हो । गठबन्धनमा रहेका दलहरु कांग्रेसको २९, माओवादी केन्द्रको १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । प्रतिपक्षमा रहेको नेकपा एमालेको ४० र राप्रपाको ६ सांसद छन् ।

तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत नपाएपछि असार २१ गते नेपाली कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेका थिए । सभामुखको उक्त कदम संविधानसम्मत नभएको ठहर गर्दै साउन ११ मा सर्वोच्च अदालतले थापालाई पदमुक्त गरिदिपछि सभामुख गौतमलाई राजीनामा दिन लगाएर साउन १६ मा थापा दोस्रो पटक मुख्यमन्त्री बनेका थिए । यद्यपी विश्वासको मत पाउने प्रक्रियामा एमाले र राप्रपाले सभा नचलाईदिएपछि थापाले सभाको अध्यक्षता गरेका व्यक्तिको पनि मत लिँदा फेरि पदमुक्त हुनुपरो ।

सभामुखको राजीनामापछि उपसभामुख सिर्जना दनुवारले बैठकको अध्यक्षता गर्दै आएकी छन् । उनी पनि प्रदेशसभाका महत्वपूर्ण घटनाहरुमा अनुपस्थिति हुने गरेकी छन् । भदौ ४ गते तत्कालिन मुख्यमन्त्री उद्धब थापालाई विश्वासको मत पाउनबाट रोक्न अचानक ‘विरामी’ परेकी उनी प्रदेशसभाबाट बजेट पारित हुने दिन पनि अनुपस्थित रहेकी थिइन् ।

एमालेबाट उपसभामुख रहेकी सिर्जना दनुवारले एमालेको इशारामा काम गरेको भन्दै गठबन्धनले एमालेलाई सभामुख दिन नचाहेको हो । ‘केन्द्रमा भएको सहमति बमोजिम नै हामीले सभामुखमा राप्रपालाई साथ दिन लागेका हौं’, पूर्वमुख्यमन्त्री एवम् एकीकृत समाजवादीका नेता राजेन्द्र राईले भने ‘राप्रपाले पनि गठबन्धनलाई सहयोग गर्नेछ।’

सभामुखको निर्वाचन नभएकै कारण प्रदेश सरकारले पनि पूर्णता पाएको छैन । सभामुखको निर्वाचनपछि सरकार विस्तार गर्ने मुख्यमन्त्री केदार कार्कीले बताउँदै आएका छन् । सभामुख राप्रपालाई दिएर गठबन्धनसँग बहुमत कायम राख्ने र राप्रपा सरकारमा नआए त्यसपछि सरकार विस्तार गर्ने मुख्यमन्त्रीको योजना छ ।

  • साझा परिवेश
  • बुधबार, पुस ४, २०८० २0:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।