May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द

कांग्रेसले आन्दोलनरत पक्षधरलाई वार्तामा बोलाउन प्रदेश सरकार संग राख्यो माग

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १४:२२
कांग्रेसले आन्दोलनरत पक्षधरलाई वार्तामा बोलाउन प्रदेश सरकार संग राख्यो माग

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले आन्दोलनरत पहिचान पक्षधरलाई तत्काल वार्तामा बोलाउन माग गरेको छ ।

बिहीबार विज्ञप्ति जारी गरेर कांग्रेस कोशी प्रदेश संसदीय दलले पहिचानका आधारमा प्रदेशको फेरि नाम राख्नु पर्ने माग गर्दै आन्दोलनमा उत्रिएको पक्षलाई बार्तामा बोलाउन प्रदेश सरकार समक्ष माग गरेको हो ।

‘अघिल्लो प्रदेशसभाबाट नेपालका ६ वटा प्रदेश सरकारले आफ्नो नाम र राजधानी तोकिसकेका थिए तर तत्कालीन प्रदेश १ ले नाम राख्न सकिरहेको थिएन, नाम राख्नैपर्ने थियो र साझा सहमतिबाट कोशी प्रदेश नामाकरण गरियो,’ कांग्रेस संसदीय दलले भनेको छ,‘‘कोशी प्रदेश सरकारलाई तत्काल वार्ता समिति बनाई आन्दोलनरत पक्षलाई वार्तामा बोलाइ उचित मागहरुलाई यथासक्य सम्बोधन गर्न हुन ध्यानाकर्षण गराउँदछौं ।’

कांग्रेसले कोशी प्रदेश नामाकरणको विषयलाई लिएर आन्दोलनरत प्रदेश नम्बर १ नामांकन संघर्ष समितिलाई पनि शान्तिपूर्ण र संयमित भएर आफ्ना मागहरु राख्न आग्रह गरेको छ ।

पहिचान पक्षधरहरुले जेठ १४ गतेबाट कोशी प्रदेशको राजधानी केन्द्रीत आन्दोलन घोषणा गरेको छ । कोशी प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन बोलाएपछि पहिचान पक्षधरले प्रदेशसभा केन्द्रीत आन्दोलन घोषणा गरेको हो ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १४:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।