April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

फ्रान्सले उडानमा लगायो रोक

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १४:३४
फ्रान्सले उडानमा लगायो रोक

काठमाडौं । युरोपेली देश फ्रान्सले विमानबाट हुने प्रदूषण घटाउन भन्दै छोटो दूरीको उडानमा प्रतिबन्ध लगाएको छ ।

जस अनुसार रेलबाट साढे २ घन्टाभन्दा कम समयमा पुग्न सकिने ठाउँमा हवाइ यात्रा गर्न पाइने छैन । तर कनेक्टिङ फ्लाइटमा भने यो नियम लागू हुने छैन् ।
कार्वन उत्सर्जन कम गर्न भन्दै फ्रान्सको संसदले पारित गरेको छोटो हवाइ दूरीम प्रतिबन्ध लगाउने कानुन २ वर्षपछि कार्यान्वयन भएको हो ।

फ्रान्सका परिवहन मन्त्री क्लेमेन्ट ब्यूनले कार्वन उत्सर्जन कम गर्नका लागि यो जरुरी र महत्वपूर्ण कदम रहेको बताए ।


‘हामी हाम्रो जीवनमा कार्वनको उपयोग कम गर्न चाहन्छौं भने छोटो दूरीको हवाइ यात्रा ठीक होइन,’ उनले भने, ‘ यो प्रतिबन्धको उद्देश्य भनेको निजी जेटको उडान रोक्नु हो ।’

ब्यूनले हवाइ उडानमा प्रतिबन्ध भएका रुटमा यात्रुले चाहेका समयमा सार्वजनिक रेल वा बस पाउने गरी व्यवस्था मिलाइने पनि बताए ।

वायु प्रदूषणबारे भएको एक अध्ययन प्रतिवेदन अनुसार व्यावसायिक उडानको तुलनामा निजी जेट विमानले १४ गुणा बढी प्रदूषण फैलाउँछन्, जबकी रेलको तुलनामा व्यावसायिक उडान भर्ने जहाजले ७७ गुणा बढी । पर्यावरणका लागि रेलको तुलनामा निजी जेट ५० गुणा ज्यादा खतरनाक हुन्छ ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ ११, २०८० १४:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।