sweet bonanza
February 16, 2026 | सोमवार, फाल्गुन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बेवारिसे शिशु नर्सको संरक्षणमा

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १0:४१
बेवारिसे शिशु नर्सको संरक्षणमा

लहान,  । प्रादेशिक अस्पताल लहानको प्रवेशद्वारमा मध्यराति अलपत्र अवस्थामा फेला परेका १५ दिने नवजात शिशु बालिकालाई अस्पतालकै नर्स विमला थापाले तत्काल संरक्षकत्व प्रदान गर्नुभएको छ।

यही शुक्रबार राति १२:३० बजे अस्पतालको प्रवेशद्वारमा रहेको एक काउन्टरमा अलपत्र अवस्थामा राखिएकी शिशु रोएपछि सुरक्षाकर्मीले चिकित्सक टोलीलाई खबर गरेका थिए। चिकित्सक टोलीले नवजात शिशुलाई प्रसूति बाल कक्षमा ल्याएर तत्कालै उपचार गरेर नर्स थापाको निगरानीमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट शैलेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो।

राति चिसोले कठ्याङ्ग्रिएका शिशुलाई प्रसूति कक्षमा रहेको वार्मरमा राखेर आधा घण्टा राखिएपछि सामान्य अवस्थामा आएका थिए। बालिकालाई लेक्टोजिन बोतल दूध खुवाएपछि शान्त भएको उहाँले जानकारी गराउनुभयो। एक हप्ताका लागि बच्चालाई हेरचाह गर्न जिम्मेवारी दिए अनुसार रेखदेख गरिरहेकी भन्दै नर्स थापाले शिशुको आमाबुवाको खोजी इलाका प्रहरी कार्यालय लहानले गरिरहेको बताउनुभयो। उहाँका अनुसार तीन किलो एक सय ग्राम तौल, ४८ सेन्टीमिटर लम्बाइ भएको शिशुको स्वास्थ्य अवस्था ठीक छ।

त्यस राति वर्षा भइरहेको समयमा बालिकालाई फालेर गएको हुन सक्ने अनुमान छ। अस्पतालको सिसी टिभी क्यामरामा देखाए अनुसार एक युवती स्कुटीमा चढेर आएकी देखिएको छ। तिनै युवतीले शिशु फालेर गएको हुन सक्ने प्रारम्भिक अनुमान छ।

लहान अस्पतालमा वैशाख २७ गते अविवाहित एक युवतीले जन्माएकै शिशु हुन सक्ने चिकित्सकको अनुमान रहेको बताउँदै डा. चौधरीले शिशु जन्माएकी अविवाहित युवतीको नाम ठेगानासमेत इलाका प्रहरी कार्यालय लहानलाई जानकरी गराइसकेको बताउनुभयो।

इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब निरीक्षक भोलाकुमार भट्टले नवजात शिशु बालिकाको आमाबुवाको खोजी भइरहेको जानकारी दिँदै सात दिनभित्र आमाबुवा जिम्मा लिन नआए शिशुको पालनपोषणका विषयमा मानव अधिकारवादी, महिला अधिकारवादीलगायत सङ्घ संस्थासँग पनि छलफल भइरहेको जानकारी दिनुभयो।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ १५, २०८० १0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid