May 9, 2024 | बिहिबार, बैशाख २७, २०८१
सुचनाहरु
जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो बाँकेमा गोली हानेर लागु औषध कारोबारी नियन्त्रणमा कोशीमा तेश्रोपटक मुख्यमन्त्री बन्दै हिक्मत कार्की सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति मुख्यमन्त्री कार्की सर्वोच्चमा मुद्दा दर्ता गराउन काठमाडौँ लागे कस्तो रहला आजको मौसम ? गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आज

नेपाललाई फिल्म छायांकनको नवीनतम गन्तव्यको रुपमा विकास गर्नुपर्छ – मन्त्री शर्मा

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १३:३३
नेपाललाई फिल्म छायांकनको नवीनतम गन्तव्यको रुपमा विकास गर्नुपर्छ – मन्त्री शर्मा
  • नेपाललाई फिल्म छायांकनको नवीनतम गन्तव्यको रुपमा विकास गर्नुपर्छ : रेखा शर्मा
  • सरकारले लिने नीतिबाटै नेपाली चलचित्र संरक्षण हुनुपर्छ ।
  • जनमानसमा जानकारी पुर्याउने प्रभावकारी माध्यम चलचित्र पनि हो ।
  • बोर्डका दुई कर्मचारीलाई सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरियो ।

काठमाडौं ।।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकलाई फिल्म छायांकन र निर्माणको हबको रुपमा विकास गरेर लैजानुपर्ने बताएकी छन् । शनिबार काठमाडौंमा आयोजित चलचित्र विकास बोर्डको २३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले नेपाललाई फिल्म छायांकनको नवीनतम गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताइन् ।

नेपालको भौगोलिक र सांस्कृतिक अनुकूलताले यो सम्भव रहेको चर्चा गर्दै उनले भनिन्, ‘चलचित्र निर्माणका सन्दर्भमा नेपाल खुला स्टुडियो हो । विश्वभर प्रचारप्रसार गरौं । यसलाई अनुपम हबका रुपमा विकास गर्न सक्ने आधार निर्माण गर्न सरकारले सहयोग गर्नेछ ।’

विद्यमान चलचित्र ऐन परिमार्जन गरेर यस क्षेत्रका समस्याको समाधान गर्न सरकार लागिपरेको उनले बताइन् । स्वदेशी फिल्मको नीतिगत आधार तयार गरिने भन्दै मन्त्री शर्माले चलचित्र क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । उनले भनिन्, ‘सरकारले लिने नीतिबाटै नेपाली चलचित्र संरक्षण हुनुपर्छ । दोस्रो कुरा-प्रतिस्पर्धा नै हो । हामीले स्वदेशी चलचित्रको गुणस्तर सुधारेर यसलाई हेर्ने बनाउनैपर्छ । त्यसो गर्दा विषयवस्तु, प्रस्तुति र देशको आवश्यकताका दृष्टिले चलचित्र क्षेत्र अघि बढ्न सक्छ ।’

गणतन्त्र, संघीयता, समावेशिताजस्ता महत्वपूर्ण कुरा स्थापित भएर कार्यान्वयनको चरणमा रहेको भन्दै मन्त्री शर्माले नीतिगत र कानुनी समस्या रहेको बताइन् । ‘यसबारे संवैधानिक र कानुनी व्यवस्था हामीले गरेका छौं । जनमानसमा जानकारी पुर्याउने प्रभावकारी माध्यम चलचित्र पनि हो,’ उनले भनिन् ।

समाज रुपान्तरणको सन्दर्भमा भएका घटनालाई प्रवर्द्धन र उठान गर्ने मौलिक चलचित्रलाई प्रोत्साहन गर्ने सरकारको नीति रहेको उनले बताइन् । चलचित्र क्षेत्रका समस्या समाधान गर्नका लागि सबै पक्षबीच संवाद हुनुपर्ने खाँचो उनले औंल्याइन् । समस्याको पहिचान गरेर समाधानको प्रतिबद्धता उनले गरिन् । नयाँपुस्तालाई देशभित्रै बस्ने वातावरण निर्माण गर्नु जरुरी रहेको उनले बताइन् ।

समारोहमा आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रगति विवरण र बोर्डको भावी योजनाको प्रस्तुतीकरण गर्दै बोर्डका सदस्य सचिव विशाल सापकोटाले मन्त्रालयसम्म १७ करोड रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको जानकारी दिए । उक्त अवसरमा गण्डकी प्रदेशको छायांकन गन्तव्यबारेको भिडियो प्रस्तुत पनि गरियो । बोर्डका दुई कर्मचारीलाई सर्वोत्कृष्ट र उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरियो ।

गायिका अस्मिता अधिकारीले गायन प्रस्तुति दिइन् । चलचित्र मञ्च २०७९ को लोकार्पण समेत गरियो । स्टोरी बैंकमा उत्कृष्ट ६ मा परेका कथानक र लघु फिल्मका कथाकारलाई सम्मान गरियो । राष्ट्रिय लघु चलचित्र प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद र प्रमाणपत्र समेत वितरण गरिएको छ । छोटो फिल्म प्रतियोगितामा सूर्य शाही निर्देशित विह्ल्स अन द बस प्रथम, जुनको दोस्रो र एट अनदर विन्टर तेस्रो घोषित भए ।

 

  • साझा परिवेश
  • आइतवार, असार १७, २०८० १३:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट