July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

स्वास्थ्य मन्त्रालयले विराटनगर महानगरलाई दियो पुरस्कार

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:३६
स्वास्थ्य मन्त्रालयले विराटनगर महानगरलाई दियो पुरस्कार

विराटनगर । संघीय सरकारको स्वास्थ्य मन्त्रालयले विराटनगर महानगरपालिकालाई पुरस्कृत गर्ने भएको छ । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाउन पहल लिएको कदर स्वरुप महानगरलाई पुरस्कृत गर्न लागिएको हो । संघीय सरकारले लागु गरेको सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन गर्न नपाउने कानुन कार्यान्वयनमा अघि बढेको विराटनगरले केही क्षेत्रमा धुमपान सेवनमा कडाइ गरेको छ ।

मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कार प्रदान गर्ने गरेको छ । “सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमनमा पुर्याएको  योगदानको उच्च मूल्यांकन गर्दै कानुन कार्यान्वयन गर्ने निकाय (सरकारी कार्यालयतर्फ) विराटनगर महानगरपालिकालाई पुरस्कृत गर्ने निर्णय गरिएको छ,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

गत वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा महानगरले रोक लगाएको छ । मेयर नागेश कोइरालाले स्वास्थ्य मन्त्रालयले प्रदान गर्ने पुरस्कार विराटनगरबासीको लाग गौरवको विषय भएको सुनाए । साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्रीका लागि लिएको अनुमतिपत्र नवीकरण र नयाँ दर्ता नगर्ने कोइरालाले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ १६, २०८० १२:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्