sweet bonanza
June 22, 2026 | सोमवार, असार ९, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड कार्यक्रममा नेपाली कलाकार सम्मानित

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १४:१३
भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड कार्यक्रममा नेपाली कलाकार सम्मानित

काठमाण्डौ ।।

काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, गायिका देविका बन्दना, क्रिकेटर पारस खड्का, निर्देशक आकाश अधिकारी, नेपाली पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोष कुमार देवकोटा, वरिष्ठ मनोरञ्जन पत्रकार डब्बु क्षेत्री, रजतपटका प्रस्तोता तथा चलचित्र पत्रकार प्रकाश सुवेदी लगायतका नेपाली खेलाडी, कलाकर्मी, मेडियाकर्मीहरुलाई विशिष्ठ सम्मान प्रदान गरिएको छ ।

सांसद तथा व्यवसायी विनोद चौधरी मुख्य अतिथि रहेको ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड’मा बलिउडका सदाबहार कलाकार तथा चर्चित खतपात्र रञ्जित, ९० को दशकको चर्चित सिनेमा ‘मैने प्यार किया’ स्टार अभिनेत्री भाग्यश्री, दार्ह्रा सिंहका सुपुत्र विन्दु दाह्रा सिंह, कमेडियन भिआइपी कार्यक्रमका मुख्य आकर्षण थिए । अवार्ड समारोहमा वरिष्ठ हास्य अभिनेत्री वसुन्धरा भुसाल, सांसद विनोद चौधरी, अभिनेता तथा निर्देशक आकाश अधिकारी, भाग्यश्री, विन्दु दाह्रा सिंह, कमेडियन भिआइपी लगायतले अवार्ड तथा सम्मान प्रदान गरे ।

कार्यक्रममा कृष्ण भुसाल, तुलसी गिरी, कृष्ण भट्टराई, कुबेर गिरी, गीता अधिकारी, उत्सव रसाइली, सुरक्षा भट्टराईलाई पत्रकारिता मार्फत् मनोरञ्जन क्षेत्रमा निरन्तर सेवाका लागि सम्मान गरिएको छ । चलचित्र तर्फको विधामा भने अभिनेत्री प्रियंका कार्कीलाई उत्कृष्ट अभिनेत्री, धिरज मगर उत्कृष्ट अभिनेता, मिलन चाम्स उत्कृष्ट निर्देशक, श्रद्धा क्षेत्री उत्कृष्ट डेब्यु अभिनेत्री, अरुण क्षेत्री उत्कृष्ट डेब्यु अभिनेता, बिजय बराल उत्कृष्ट हास्य कलाकार, दीपक शर्मालाई उत्कृष्ट संगीतकार अवार्ड, कमल राईलाई उत्कृष्ट कोरियोग्राफर, शंकर पाण्डेलाई उत्कृष्ट प्रोडक्सन डिजाइनर र फिल्म ‘महापुरुष’लाई वेष्ट चलचित्र अवार्ड प्रदान गरियो ।

भारतका केही ब्यवसायी तथा बलिउडकर्मी र नेपाली गरेर करिब दुई दर्जन बढीलाई अवार्ड प्रदान गरिएको थियो । भारतको ‘फर्न इभेन्ट्स -Fern Events का अनुसार भारतका विभिन्न मुख्य शहरहरुमा पाँचौँ संस्करणको सफल आयोजन पछि पहिलो पटक यस अवार्डका लागि नेपाल आएको र यस कार्यक्रमले नेपालको कला संस्कृतिका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्र्याउने छ ।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ २३, २०८० १४:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid