April 25, 2024 | बिहिबार, बैशाख १३, २०८१
सुचनाहरु
सामान्य अंकले बढ्यो नेप्से नेपाललाई ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड ‘लू’बाट बच्न स्वास्थ्य मन्त्रालयकाे आग्रह नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना फेवातालमा डुंगा दुर्घटनामा परेका पाँच जनाको सकुशल उद्धार कतारका राजा स्वदेश फिर्ता नेपाल र कतारबीच आठ क्षेत्रमा सहकार्यको समझदारी सानो आकारमा मन्त्रिपरिषद् बिस्तार गर्दै मुख्यमन्त्री कँडेल, माओवादीबाट परियार मन्त्री बन्ने सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्रीको नेतृत्वमा कतारी अमिरसँग द्विपक्षीय वार्ता स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री झापामा बोलेरोको ठक्करबाट ३ युवकको मृत्यु बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै कस्तो रहला आजको मौसम ? आइपिएल : आज गुजरात टाइटन्स र दिल्ली क्यापिटल भिड्दै उपनिर्वाचन अपडेट : आज राती १२ बजेबाट मौन अवधी सुरु झापा र इलामका सिमा नाका बन्द झापामा ब्राउन सुगरसहित एकजना पक्राउ कतारका राजा नेपालमा, विमानस्थलमा राष्ट्रपति पौडेलद्वारा स्वागत

आलेमगर : यो रोग हाम्रो घरमा पनि सर्ने हो कि

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:0२
आलेमगर : यो रोग हाम्रो घरमा पनि सर्ने हो कि

काठमाडौं ।।

प्रतिनिधि सभा बैठकमा सांसदहरु अमर्यादित ढंगले प्रस्तुत भएको भन्दै राष्ट्रिय सभा सदस्यहरुले चिन्ता व्यक्त गरेका छन् । आजको राष्ट्रिय सभाको बैठकमा सदस्यहरु गोमादेवी ढकाल, नारायण दाहाल र सुरेश आलेमगरले प्रतिनिधि सभा बैठकमा सदस्यहरु अमर्यादित ढंगले प्रस्तुत भएको गुनासो गरेका हुन् । सदस्य सुरेश आलेमगरले भने, ‘कसैले एउटा सन्दर्भमा भनेका सामान्य कुरालाई पनि उछालेर भन्ने एउटा रोग हाम्रो छिमेक घरमा देखा पर्यो । त्यो रोग हाम्रो यो घरमा पनि सर्छ कि भन्ने मलाई डर लागिरहेको छ ।’

यसैगरी दाहालले नियमावली र मूल्यमान्यता विपरीत गएर अवरोध हुने गर्दा यसले राम्रो सन्देश नदिएको बताए । अर्का सदस्य ढकालले सांसदहरुको प्रस्तुतिको असर समाजमा पर्ने हो कि भन्ने चिन्ता व्यक्त गरिन् । प्रतिनिधि सभा बैठकमा बेलाबेला हुने गरेका उच्छृङ्खल र अमर्यादित प्रस्तुतितर्फ संकेत गर्दै राष्ट्रिय सभा सदस्यहरूले चिन्ता व्यक्त गरेका हुन् ।

केही दिनअघि मात्रै संसदमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण र बजेटको विषयलाई लिएर हंगामा भएको थियो । केही समयअघि सांसद अमशेरकुमार सिंहले आफ्ना कुरा राख्न नपाएको भन्दै अर्धनग्न भएर विरोधमा उत्रिएका थिए । प्रतिनिधि सभामा यस्ता अमर्यादित र रेकर्डबाट हटाउनु पर्ने अभिव्यक्ति आइरहने गरेका छन् ।

 

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।