sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फिल्म क्षेत्रमा देखिएका समस्या समाधानमा मेरो सहयोग रहन्छ : मन्त्री लिम्बू

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १३:४५
फिल्म क्षेत्रमा देखिएका समस्या समाधानमा मेरो सहयोग रहन्छ : मन्त्री लिम्बू

काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आफू जनताको सेवक भएकाले समस्यालाई निर्धक्कसँग राख्न आग्रह गरेका छन् । जमलस्थित नाचघरमा बुधबार बेलुका आयोजित ‘स्पाइनी ब्याब्लर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ मा उनले फिल्म क्षेत्रमा देखिएको समस्यालाई सरकारसम्म पुर्याउने पुलको काम गर्ने बताए ।

‘चलचित्र क्षेत्रमा देखिएका समस्या समाधानमा मेरो सक्दो सहयोग रहनेछ । मलाई सेवक सम्झेर आफ्ना समस्या राख्नलाई आग्रह गर्दछु,’ मन्त्री लिम्बूले भने, ‘हामी भिन्न क्षेत्रमा रहे पनि उद्देश्य एउटै छ । देशलाई समृद्ध बनाउन, सुशासन कायम गर्न हामी काम गरिरहेका छौं ।’

महोत्सवको समापन समारोहमा उनले विजेतालाई प्रमाणपत्र समेत प्रदान गरे । महोत्सवमा राष्ट्रिय विधातर्फ निर्देशकमा दिनेश राउत (प्रकाश), अभिनेतामा प्रदीप खड्का (प्रकाश), अभिनेत्रीमा नम्रता सापकोटा (डेसान) र लेखनमा विकास सुवेदी (प्रकाश)ले अवार्ड जिते ।

छोटो चलचित्रतर्फ तिर्खा, निर्देशकमा ज्ञानेन्द्र कोइराला (किड्न्याप), लेखकमा सिर्जना कार्की (दुःखी बुहारी) र छायाकारमा ज्ञानेन्द्र खतिवडा (अहम् प्रेम)ले अवार्ड प्राप्त गरे । नेपाल भाषाको चलचित्रतर्फ निर्देशकमा दर्शनवीर शाक्य (इन्द्रायणी)ले अवार्ड जिते ।

समारोहमा अन्तर्राष्ट्रिय विधातर्फ उत्कृष्ट वृत्तचित्र डुक बक्स इलिङ्टन (आयरल्याण्ड), उत्कृष्ट चलचित्र द रोड (भारत), उत्कृष्ट कथा फोर्स (इरान), उत्कृष्ट छायाकार ‘द लाइट बल्व’ (भेनेजुएला) र उत्कृष्ट निर्देशक ‘फिडलस्ट्रिक’ (इजिप्ट) का एजिडिन एफडेल हेडीलाई घोषणा गरियो ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ २५, २०८० १३:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid