April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सात किलो चरेस बोकेको भेटेपछि….

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १७:0९
सात किलो चरेस बोकेको भेटेपछि….

काठमाडौं ।।

विदेश लैजान लागिएको अवैध लागुऔषध चरेससहित प्रहरीले एक विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जर्मन नागरिक ६३ वर्षीय पाउल रिस्ट छन् । उनको साथबाट करिब सात केजी चरेस बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनलाई सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता एवं एसपी चक्रराज जोशीले जानकारी दिए ।
“६ केजी ७८० ग्राम चरेससहित पक्राउ गरेका हौँ,” उनले भने ।

पाउल टर्किस एयरलाइन्समार्फत इस्तानबुल हुँदै जर्मनी जान लागेको खुलेको उनले बताए । उनका अनुसार पाउलले आफू चरेस सेवनकर्ता भएको बताएका छन् । आफू यसअघि पनि नेपाल आएर चरेस सेवन गर्ने गरेको बयान उनले प्रहरीसमक्ष दिएका छन् ।

“खानको लागि लिएर जान लागेको हो भनेका छन् । कारोबारी होइन, सेवनकर्ताचाहिँ हुँ भन्छन् । यहाँ आउने खाने गरेको बुझिन्छ,” एसपी जोशीले भने ।

विमानस्थलको एक्सरे मेसिनमा चेकजाँचका क्रममा उक्त चरेस भेटिएको उनले बताए । पाउलले ६ लाख रुपैयाँमा काठमाडौंमा सो चरेस किनेको बताएको उनले जानकारी दिए । तर, चरेस बिक्री गर्ने व्यक्तिको पहिचान भएको छैन । पाउललाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको एसपी जोशीले जानकारी दिए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २९, २०८० १७:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।