sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जलहरीमा १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ सचिव थापाले रुँदै भने

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० १६:५४
जलहरीमा १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ सचिव थापाले रुँदै भने

काठमाडौं।।

  • जलहरीमा १० केजी नै सुन रहेको दावी
  • सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको
  • राज्यको पनि कहिलकाँही मलाई लाग्छ-कान मात्रै हुँदो रहेछ
  • आँखा हुँदो रहेनछ कि जस्तो लाग्छ
  • ९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको छ
  • १० केजी सुन शिवले पहिरिएर राख्नु भएको छ
  • छानबिन नगरी जथाभावी आरोप लगाउन नमिल्ने बताए
  • धनी र गरिब मर्दाखेरी एउटै कात्रो ओढेर जाने ठाउँ हो पशुपति। मैले यति बुझेको छु

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी नै सुन रहेको दावी गरेको छ। मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य-सचिव डा. मिलनकुमार थापाले सो स्पष्टीकरण दिएका हुन्। उनले सो जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए।

उनले भने, ‘राज्यको पनि कहिलकाँही मलाई लाग्छ-कान मात्रै हुँदो रहेछ, आँखा हुँदो रहेनछ कि जस्तो लाग्छ। मैले यो क्षमासाथ भने। मलाई दुःख लाग्छ।जहाँसम्म यो सुनको जलहरीको कुरा हो। ९६ किलो ८२२ ग्राम सुन तयार भइसकेको छ। १० केजी भएको छैन भनेपछि हामीले त्यो माईन्यूटमा नलेखेको मात्रै । १० केजी सुन शिवले पहिरिएर राख्नु भएको छ। कि जोख्दा खेरी थाहा हुन्छ नि पित्तल हो कि चाँदी हाल्यो। यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ। म मृत्युदण्ड लिन तयार छु।’

आफूले पटक-पटक सो जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई चोर करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले गहँभरी आँशु पारे। आफ्ना दुई सन्तान रहेका र उनीहरुको भविष्यसमेत अन्धकार हुने गरी आफूलाई सुन चोरको आरोप लगाइएको दुखेसो पोख्दै उनले राज्यको नीति यहीँ हो ? भनी प्रश्न समेत गरे।
‘आज मेरो गाउँभरी बेइज्जत भयो। मेरो दुई जना सन्तान छन्।

गहँभरी आँशु पार्दै अन्यथा नलिनु होला। म कमजोर होइन। तर राज्यले कमजोरी बनायो नि त। आयोगले छानबिन गर्न नपर्ने? पटकपटक हामीलाई मुद्दा चलाउँछु भनेको छ। जोखेर मुद्दा चलाउन। यो च्यालेन्ज हो। पुगेन पनि फाँसीदेऊ भनेको। तर, हाम्रा पत्रकार साथीहरुले यथार्थ नबुझिकन सुनचोर भनेर निकालिदिनु हुन्छ। मेरा दुईटा बच्चा छन्। मेरो बच्चाको भविष्य अन्धकार बनाई दिने ? राज्यको त्यही नीति हो ?’

सदस्य सचिव थापाले आफूलाई पशुपति क्षेत्रको भेटी, जग्गालगायतका सम्पत्ति दुरूपयोग गरेर बाँच्नु नपर्ने पनि बताए । उनले यो केसमा आफूले न्याय नपाएर आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था आएको हो र ? भनी सांसदहरुसँग जिज्ञासा समेत राख्ने।

उनले भने, ‘धनी र गरिब मर्दाखेरी एउटै कात्रो ओढेर जाने ठाउँ हो पशुपति। मैले यति बुझेको छु । यो भन्दा धेरै बुझेको छैन। चाहे महलमा बसेपनि, छाप्रोमा बसेपनि काल त एउटै हो नि। कोही छिटो मर्छन्, कोही अलि ढिलो मर्छन्। त्यसले गर्दाखेरी यो सुनको जलहरी मैले न्याय माग्न मैले पनि के आत्माहत्या गर्नुपर्ने हो ? माननीयज्यूहरु ।’

सदस्य सचिव थापाले सो जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरी जथाभावी आरोप लगाउन नमिल्ने बताए। त्यस सम्बन्धमा आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको उनको दावी थियो।

बैठकमा सांसदहरुले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए।

  • साझा परिवेश
  • मङ्लबार, जेष्ठ ३०, २०८० १६:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid