April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

मधेश सरकारको ‘एक परिवार एक रोजगार’: १० करोड बजेट विनियोजन

  • साझा परिवेश
  • शनिबार, असार २, २०८० 0९:४५
मधेश सरकारको ‘एक परिवार एक रोजगार’: १० करोड बजेट विनियोजन

जनकपुरधाम । मधेश सरकारले प्रदेशका यूवाहरुका लागि रोजगार सृजना तथा नविन उद्यमशिलता विकास गर्न ‘मधेश स्वरोजगार कार्यक्रम’ ल्याएको छ ।

शुक्रवार प्रदेशसभामा आगामी आर्थिक २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री सञ्जय कुमार यादवले ‘एक परिवार एक रोजगार’ नारालाई साकार पार्न मधेश स्वरोजगार कार्यक्रम ल्याएको बताए ।

उनले मधेश स्वरोजगार कार्यक्रम सञ्चालन गर्न स्टार्टअप र सहुलियत पूर्ण ऋणसहितका लागि १० करोड रुपैयाँ विनियोजन गरेको जानकारी गराए ।

वैदेशिक रोजगारमा जाने जनशक्तिहरु दक्ष नरहेका कारणले अनेक कठिनाई र समस्या झेल्छन् । त्यसैले अब वैदेशिक रोजगारमा जाने जनशक्तिलाई सिप मूलक तालिम दिएर दक्ष बनाउने कार्यक्रमका लागि ३ करोड रुपैयाँ बिनियोजन गरेको अर्थमन्त्री यादवले बताए ।

वैदेशिक रोजगारबाट फर्केका यूवाहरुसँग भएको ज्ञान, शिप र पूँजीलाई उच्चतम उपयोग गरी उनीहरुलाई स्वदेशमै टिकाई राख्न स्वरोजगारको वातावरण निर्माण गर्न पनि सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

  • साझा परिवेश
  • शनिबार, असार २, २०८० 0९:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट