sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मनसुन शुरु भएसँगै ताप्लेजुङमा बाढी पहिरो केहि व्यक्ति सम्पर्क विहिन

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० ११:१९
मनसुन शुरु भएसँगै ताप्लेजुङमा बाढी पहिरो केहि व्यक्ति सम्पर्क विहिन

ताप्लेजुङ ।। गणेश कुमार श्रेष्ठ ।।

नेपालमा मनसन शुरु  भएसँगै लगातार परेको वर्षाको कारण २ गते राती देखि  ताप्लेजुङको मेहेले र आङ्खोपमा ठुलो भौतिक क्षति भएको जनाइएको छ । सिदिङ्वा गाउँ पालिका वार्ड नं. ६ मेहेलेमा यादव बुढाक्षेत्रीको घर, वस्तुको ग्वाली पहिरोले लगेको र उहाँको श्रीमती, बुहारी र नाती बेपत्ता छन् भनी स्थानिय दिवस भण्डारीले फेसवुक मार्फत जानकारी दिनुभएको छ । पहिरोका कारण अन्य केहि व्यक्तिहरु
समेत सम्पर्क विहिन भएको जनाइएको छ ।

मेहेले स्वास्थ्यचौकीको भवन समेत पुर्णरुपमा क्षति भएको स्थानीय नरेन्द्र कटुवालले जानकारी गराउनु भएको छ ।
बेपत्ता मध्ये १ जनाको सव भेटिएको तस्विर समेत राजेश कडेलले आफ्नो फेसबुक वालमा पोष्ट गर्नु भएको छ ।

केहि दिनदेखि परेको निरन्तर वर्षाका कारण असार १ गते सिरिजङ्घा गाउँपालिका याम्फुदिन जाने बाँकेटार पुलमा क्षती पुगेर त्यस क्षेत्रमा आवत जावत ठप्प भएको
जनाइएको छ भने याम्फुदिन क्षेत्रका गाउँ वस्ती समेत जोखिममा परेका छन् । ताप्लेजुङको दोस्रो ठुलो बजार दोभान बजार समेत बाढीको कारण जोखिममा परेको छ ।

उता मैवा खोलामा आएको बाढीको कारण सदरमुकार देखि आठराई त्रिवेणी गाउँपालिका तथा साँघु गुफा बसन्तपुर जाने बाटोमा समेत क्षती पुगेको तिलक श्रेष्ठले जानकारी दिनु भएको छ ।

उक्त क्षेत्रमा केहि दिन यातायात सेवा अवरोध हुन सक्ने आठराई त्रिवेणी गाउँ पालिका अध्यक्ष दिपेन पोमुले जनाउनु भयो ।


व्यापारिक केन्द्र दोभान वजारमा रहेको केहि घरहरु  जोखिममा रहेको समेत जनाइएको छ ।  पाँचथर जिल्लाको हेंवा खोलामा आएका बाढीको कारण मेची राजमार्ग अन्तरगत हेंवा खोलाको पुल

बगाउदा झापा देखि फिदिम हुँदै पाँचथरको केहि भु–भाग र ताप्लेजुङ जाने यातायात पुर्ण रुपमा अवरुद्ध भएको फिदिम निवासी सुवास कान्दुले जानकारी गराउनु भएको छ ।

ताप्लेजुङ जिल्लालाई छोटो दुरीको रुपमा हेरिएको तमोर कोरिडोरमा समेत क्षती पुगेको कारण ताप्लेजुङ जिल्लामा यातायात सेवा केहि दिन सम्म ठप्प हुने अवस्था देखिएको छ ।

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid