April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

मनसुन शुरु भएसँगै ताप्लेजुङमा बाढी पहिरो केहि व्यक्ति सम्पर्क विहिन

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० ११:१९
मनसुन शुरु भएसँगै ताप्लेजुङमा बाढी पहिरो केहि व्यक्ति सम्पर्क विहिन

ताप्लेजुङ ।। गणेश कुमार श्रेष्ठ ।।

नेपालमा मनसन शुरु  भएसँगै लगातार परेको वर्षाको कारण २ गते राती देखि  ताप्लेजुङको मेहेले र आङ्खोपमा ठुलो भौतिक क्षति भएको जनाइएको छ । सिदिङ्वा गाउँ पालिका वार्ड नं. ६ मेहेलेमा यादव बुढाक्षेत्रीको घर, वस्तुको ग्वाली पहिरोले लगेको र उहाँको श्रीमती, बुहारी र नाती बेपत्ता छन् भनी स्थानिय दिवस भण्डारीले फेसवुक मार्फत जानकारी दिनुभएको छ । पहिरोका कारण अन्य केहि व्यक्तिहरु
समेत सम्पर्क विहिन भएको जनाइएको छ ।

मेहेले स्वास्थ्यचौकीको भवन समेत पुर्णरुपमा क्षति भएको स्थानीय नरेन्द्र कटुवालले जानकारी गराउनु भएको छ ।
बेपत्ता मध्ये १ जनाको सव भेटिएको तस्विर समेत राजेश कडेलले आफ्नो फेसबुक वालमा पोष्ट गर्नु भएको छ ।

केहि दिनदेखि परेको निरन्तर वर्षाका कारण असार १ गते सिरिजङ्घा गाउँपालिका याम्फुदिन जाने बाँकेटार पुलमा क्षती पुगेर त्यस क्षेत्रमा आवत जावत ठप्प भएको
जनाइएको छ भने याम्फुदिन क्षेत्रका गाउँ वस्ती समेत जोखिममा परेका छन् । ताप्लेजुङको दोस्रो ठुलो बजार दोभान बजार समेत बाढीको कारण जोखिममा परेको छ ।

उता मैवा खोलामा आएको बाढीको कारण सदरमुकार देखि आठराई त्रिवेणी गाउँपालिका तथा साँघु गुफा बसन्तपुर जाने बाटोमा समेत क्षती पुगेको तिलक श्रेष्ठले जानकारी दिनु भएको छ ।

उक्त क्षेत्रमा केहि दिन यातायात सेवा अवरोध हुन सक्ने आठराई त्रिवेणी गाउँ पालिका अध्यक्ष दिपेन पोमुले जनाउनु भयो ।


व्यापारिक केन्द्र दोभान वजारमा रहेको केहि घरहरु  जोखिममा रहेको समेत जनाइएको छ ।  पाँचथर जिल्लाको हेंवा खोलामा आएका बाढीको कारण मेची राजमार्ग अन्तरगत हेंवा खोलाको पुल

बगाउदा झापा देखि फिदिम हुँदै पाँचथरको केहि भु–भाग र ताप्लेजुङ जाने यातायात पुर्ण रुपमा अवरुद्ध भएको फिदिम निवासी सुवास कान्दुले जानकारी गराउनु भएको छ ।

ताप्लेजुङ जिल्लालाई छोटो दुरीको रुपमा हेरिएको तमोर कोरिडोरमा समेत क्षती पुगेको कारण ताप्लेजुङ जिल्लामा यातायात सेवा केहि दिन सम्म ठप्प हुने अवस्था देखिएको छ ।

  • साझा परिवेश
  • आइतवार, असार ३, २०८० ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।