May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

जन्ती बोकेको जिप दुर्घटनामा मृतकको सनाखत

  • साझा परिवेश
  • शुक्रबार, असार ८, २०८० ११:१९
जन्ती बोकेको जिप दुर्घटनामा मृतकको सनाखत

गोरखा ।।

गोरखामा जन्ती सवार जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । मृतकहरुमध्ये चार जना एउटै वडाका छन् ।

  • गोरखामा जन्ती सवार जिप दुर्घटना
  • ५ जनाको मृत्यु
  • १२ जना घाइते

डिएसपी लिलाराज लामिछानेका अनुसार शहीद लखन गाउँपालिका-५ पोखरीडाँडाका १९ वर्षीय प्रविन थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा, १९ वर्षकै नविना थापाको दुर्घटनामा मृत्यु भएको छ । यसैगरी शहीद लखन गाउँपालिका वडा नम्बर ४ का ६४ वर्षीय धनबहादुर थापाको पनि दुर्घटनामा मृत्यु भएको छ ।

शहीद लखन गाउँपालिका वडा नम्वर ३ कोटगाउँबाट जन्ती लिएर पोखरीडाँडा जाँदै गरेका तीनवटा गाडीहरुमध्ये प्रदेश ३-०१-०२३ च २४२७ नम्बरको जिप पातलेखोला भन्ने स्थानमा आज बिहान करिब २ बजेतिर दुर्घटना भएको थियो । उक्त जिप घुम्ती सडकबाट अन्दाजी २५० मिटर तल भीरमा खसेको छ ।

जिपमा १९ जना सवार थिए । दुर्घटनामा १२ जना घाइते भएका छन् भने दुई जना सकुशल छन् । गम्भीर घाइते शहीद लखन गाउँपालिका-५ पोखरीडाँडाका ३८ वर्षीय लालु थापालाई चितवन मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ भने अन्य ११ जना घाइतेहरुको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय मनकामनाबाट प्रहरी नायब निरीक्षक जीवलाल सुवेदीको कमाण्डमा ६ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) लिलाराज लामिछानेको कमाण्डमा २० जनाको टोली उद्धारका लागि परिचालित भएको थियो । उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीले पनि सघाएका थिए।

  • साझा परिवेश
  • शुक्रबार, असार ८, २०८० ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।