April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

नर्सको प्रश्नपत्र लिक गरेकोमा ३ जना पक्राउ

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १0:५८
नर्सको प्रश्नपत्र लिक गरेकोमा ३ जना पक्राउ
  • प्रश्नपत्र लिक गराएको आरोपमा तीन जना पक्राउ
  • प्रश्नपत्रको फोटो खिचेर म्यासेन्जरमा प्रयोग 
  • थप अनुसन्धान भइरहेको 

काठमाडौं ।।

नेपाल नर्सिङ काउन्सिलको लाइन्सेस परीक्षाको प्रश्नपत्र लिक गराएको आरोपमा तीन जना पक्राउ परेका छन् । एकजनालाई भने प्रहरीले बोलाएको बेला उपस्थित हुने सर्तमा छाडिएको छ । पक्राउ पर्ने परीक्षार्थीमा कास्कीकी २० वर्षीया समीक्षा थापा, धादिङकी २३ वर्षीया सविना आले र कास्कीकी २० वर्षीया भावना गुरुङ छन् ।

त्यस्तै, अल ब्राइट इन्स्टिच्यूट पोखराका गाडी चालक तनहुँ घर भएका ५० वर्षीय चिजकुमार श्रेष्ठलाई भने प्रहरीले बोलाएको बेला उपस्थित हुने सर्तमा छाडिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

शनिबार ९ बजेदेखि साढे ११ बजेसम्म बनस्थलीथित सिद्धार्थ बनस्थली इन्स्टिच्यूटमा भएको नसिंङ काउन्सिलको नाम दर्ता परीक्षामा उनीहरुले प्रश्नपत्रको फोटो खिचेर म्यासेन्जर ग्रुपमा हालेका थिए । त्यसपछि सोही ग्रुपमा आएको उत्तर उनीहरुले उत्तरपुस्तिकामा सारेका थिए । प्रहरीले परीक्षार्थीका मोबाइल पनि बरामद गरेको छ । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, असार २४, २०८० १0:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट