काठमाडौं ।।
मनाङ एयरको हराइरहेको हेलिकप्टरको खोजीमा काठमाडौंबाट अल्टिच्युड एयरको हेलिकप्टर पठाइने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार लामजुरा पास आसपासको क्षेत्रमा खोजी केन्द्रित गरी हेलिकप्टर पठाउन लागिएको छ ।
काठमाडौंबाट लुक्ला उडानमा यो पास बीचमा पर्छ ।
मनाङ एयरको एनएलए-एमभी हेलिकप्टर लुक्लास्थित सुर्केबाट काठमाडौंका लागि उडेपछि सम्पर्कबिहीन भएको थियो । हेलिकप्टरमा ६ जना सवार छन् ।