May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

बुटैबुटले हिर्काएर १२ घण्टासम्म चरम यातना

  • साझा परिवेश
  • बुधबार, असार २७, २०८० १३:२७
बुटैबुटले हिर्काएर १२ घण्टासम्म चरम यातना
  • सिरहामा एक जना प्रहरी जवानलाई पाता कसेर यातना
  • प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएको पीडित प्रहरीको आरोप
  • बुटैबुटले हिर्काएर १२ घण्टासम्म चरम यातना दिए

जनकपुरधाम ।।

जिल्ला प्रहरी कार्यायल सिरहामा एक जना प्रहरी जवानलाई पाता कसेर यातना दिएको पाइएको छ । कार्यालयमा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिइएको घटना बाहिरिएको हो । घटना गत मंगलबार साँझको हो । बढी डिउटी गराएको गुनासो गर्न जाँदा प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएको पीडित प्रहरीको आरोप छ ।

हेमन्त राईले पाता कसेर १२ घण्टासम्म यातना दिएको पीडितलाई उद्दृत गर्दै उनका भाइ रजनिस रायले बताए । दाइलाई बढी टिउटी गराउनुहुन्थ्यो । त्यही विषयमा ईन्सपेक्टर राई समक्ष गुनासो गर्न जानुभएको थियो । उल्टै झपारेपछि दुबैजनाबीच भनाभान भयो । त्यहीँ इन्सपेक्टर राईले दाइलाई पाता कसे,’ भाइ रजनिसले भने ‘जसको भिडियो प्रमाण छ । बुटैबुटले हिर्काएर १२ घण्टासम्म चरम यातना दिएका छन् ।’

उनले यो घटनाविरुद्ध उजुरी पनि दर्ता गराउने तयारीमा रहेको बताए । प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरी जवानलाई पाता कसेर राखेको भिडियोमा प्रष्ट देखिन्छ । उनी रोइरहेका छन् । अन्य प्रहरी अधिकारीले उनलाई गालीगलौज तथा मादक पदार्थ सेवन कहाँ गरेको सोधिरहेका छन् ।

सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द ईवा लिम्बुले भने रायले जाँड रक्सी खाएर जिल्ला अदालत अगाडि स्थानीयबासिन्दालाई कुटपिट तथा दुर्व्‍यवहार गर्न थालेपछि समातेर ल्याइ सम्झाई बुझाई राखेको बताए ।

‘मादक पदार्थ अथवा के खाएर पब्लिकलाई कुट्दै हिँड्ने भएपछि उसलाई नियन्त्रणमा लिएका हौं। जथाभावी पब्लिक, सिपाहीलाई कुटपिट दुर्व्यवहार गरेपछि पाता कस्न परिहाल्छ नि । त्यो मेरो प्रहरी हो !’ एसपी लिम्बुले भने, ‘तर उनीमाथि कसैले कुटपिट गरेका छैनन् । कार्यालयमा ल्याएर सम्झाई बुझाई गरेको अवस्था हो ।’

एसपीले मादक पदार्थ सेवन गरेको भने पनि तत्कालै समयमा प्रादेशिक अस्पताल सिरहामा गरेको मेडिकल टेस्ट रिपोर्टमा भने मादक पदार्थ सेवन गरेको नदेखिएको उनका भाइले दाबी गरे । प्रहरी जवान रायका भाइ रजनिसले एसपी, डिएसपी, इन्सपेक्टर सबैले मिलेर यस्तो घटना गराएको र ढाकछोप गर्न खोजेको आरोप लगाए । प्रहरी जवान रायको घर महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ८ फुलहट्टा हो ।

 

  • साझा परिवेश
  • बुधबार, असार २७, २०८० १३:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।