April 4, 2025 | शुक्रबार, चैत्र २२, २०८१
सुचनाहरु
सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति वायु प्रदुषणले बिगार्दैछ आँखा, यसरी बचाउनुहोस् आँखालाई मोरङमा कुकुरको टोकाइबाट ६० एक वृद्धको गयो ज्यान  कुलमानको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश  काठमाडौ महानगरका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कार्यकक्षमा पुर्याएरै छाडे  नाच्दै गाउँदै शिक्षकहरुले गरे बेग्लै बिरोध प्रर्दशन सगरमाथा आधार शिविरमा काम गर्ने श्रमिकको गयो ज्यान   प्रधानमन्त्री ओलीले र भारतीय समकक्षी मोदीलाई थाइल्याण्डमा भेट्दै खानेतेलको मूल्य प्रतिलिटर १५ देखि ४० रुपैयाँसम्म बढ्यो   २५ करोडका मालिकको पहिचान   जडिबुटिमा राजावादी प्रदर्शनकारीको आगजनीले २८ करोडभन्दा बढीको क्षति शिक्षकहरु फेरी उत्रिए राजधानी केन्द्रित आन्दोलनमा तिनकुने प्रदर्शनमा ज्यान गुमाउने सुरेश र सबिनको परीवारलाई  सरकारले १०–१० लाख दिने शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान

अविवाहित महिलाले शुरु गरिन् दाइजोबिरुद्दको आन्दोलन

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० ११:५७
अविवाहित महिलाले शुरु गरिन् दाइजोबिरुद्दको आन्दोलन
  • भारतमा दाइजो लेनदेन सन् १९६१ देखि नै गैरकानुनी
  • तर आज पनि चलनचल्तीमा दाइजो अनिवार्य
  • बिहेको मण्डपमा निगरानी गर्न र छापा मार्न अनुरोध गर्दै प्रहरीमा निवेदन

काठमाडौं ।।

भारतमा दाइजो लेनदेन सन् १९६१ देखि नै गैरकानुनी छ । तर आज पनि चलनचल्तीमा दाइजो अनिवार्यजस्तै छ । केटा पक्षले केटीकी परिवारबाट लत्ता कपडा, गरगहना, गाडी र नगदकै आश राखेका हुन्छन् । यो गैरकानुनी प्रथाको उन्मुलनका लागि भारतको मध्यप्रदेशकी एक शिक्षिका (नाम गोप्य राखिएको) ले आन्दोलन सुरु गरेकी छिन् । दाइजो बिना नै बिहे गर्ने अडानमा रहेकी २७ सालकी उनले बिहेको मण्डपमा निगरानी गर्न र छापा मार्न अनुरोध गर्दै प्रहरीमा निवेदन दिएकी छिन् । दाइजोका कारण दजर्न बढी केटाका परिवारले आफूलाई बुहारी बनाउन नचाहेपछि उनी प्रहरीमा पुगेकी हुन् ।

पछिल्लो पटक गत फेब्रुअरीमा उनका पिताले केटाको एउटा परिवारलाई बिहेको कुराकानीका लागि बोलाएका थिए । केटाको परिवार कुराकानीका लागि आएपछि ती शिक्षिका चिया नास्ता लिएर बैठक कोठामा गइन् । उनले त्यो दिन सम्झिन्, ‘यो धेरै मुस्किलस्थिति थियो, सबैजना मलाई घुरेर हेरिरहेका थिए, त्यो देख्दा लाग्थ्यो कि उनीहरुले मेरो शरीरको नापतौल गरिरहेका छन् ।’ ती शिक्षिकाका अनुसार केटा पक्ष आउनुअघि नै उनलाई कसरी प्रस्तुत हुने, कुन लुगा लगाउने, कसरी हाँस्ने भनेर आमाले सिकाएकी थिइन् ।

आमाको रोजाइको हरियो रंगको लुगामा उनी राम्री देखिन्थिन् । दाँत त्यति राम्ररी नमिलेका भएर आमाले दाँत देखिने गरी नहाँस्न भनेकी थिइन् । यो सबै कुरा ती शिक्षकाका लागि नयाँ र नौलो थिएन । किनकी यो सिलसिला पछिल्लो ६ वर्षदेखि चलिरहेको थियो । हरेक पटक केटा पक्षबाट कति पढेकी छौ, के काम गर्छौ, खाना बनाउन आउँछ कि आउँदैन भन्ने प्रश्नको सामाना उनले गर्नु परेको छ ।

ती शिक्षिकाले चिया नास्ता लिएर बैठक कोठामा छिर्नुअघि आफ्ना पिता र केटाका पिताबीच दाइजोको बारेमा कुराकानी गरेको सुनेकी थिइन् ।ती शिक्षिकाका अनुसार केटाका बाबुले भनेका थिए, ‘ ५०-६० लाख त चाहिहाल्छ नि, केटी राम्री रहिछन् भने केही छुट गरौँला ।’ बिदा हुने बेलामा केटाका बाबुले दाइजो रकममा कुनै छुट नदिने बताएको उनले थाहा पाइन् । शिक्षिकाका नमिलेका दाँत र निधारमा भएको दागले गर्दा उनका बाबुले दाइजो रकमा कुनै छुट पाएनन् ।

चिया नास्तापछि केटा र केटीलाई एकान्तमा कुराकानी गर्न पठाइयो । ती शिक्षिकाले केटालाई आफू दाइजो दिएर बिहे गर्न तयार नभएको बताइन् । केटाले दाइजोलाई सामाजिक कुरिती भने । यो सुनेर ती शिक्षिकाले यी केटा आफूले भेटेका अरु केटा भन्दा फरक रहेछन् भन्ने ठानेकी थिइन् । तर उनको त्यो ठम्याइँ गलत सावित भयो । दाइजो बिना यो परिवार बिहेका लागि तयार भएन । पिताले बल्ल बल्ल खोजेको केटासँग दाइजो बिना नै बिहे गर्नु भनेकोमा ती शिक्षिकासँग उनकी आमा धेरै रिसाइन्, एक–दुई हप्ता आमा छोरीको बोलचाल नै भएन ।

ती शिक्षिकाका अनुसार उनको बिहेका लागि बाबुले संभावित ज्वाइँका १०० देखि १५० जनासम्म कुराकानी गरेका होलान् । जसमध्येका दुई दर्जन बढी परिवारसँग त उनको प्रत्यक्ष भेटघाट र कुराकानी नै भएको हो । ६ वटा परिवारलाई त उनले घरमा चिया नास्ता नै खुवाइएकी छिन् ।गणितमा स्नातकोत्तर गरेकी र शिक्षण पेशामा रहेकी उनी दाइजोकै कारण बिहे हुन नसकेपछि आफ्नो आत्म विश्वास टुटेको बताउँछिन् ।

उनले दाइजो प्रथाका बारेमा धेरै सोच विचार गरेर प्रहरीमा निवेदन दिन पुगेकी बताइन् । ‘मलाई लाग्छ ममा केही कमी छैन, हालैको एक अध्ययन अनुसार भारतका ९० प्रतिशत बढी परिवारले दाइजो लेनदेन गरेका छन् ।’ दाइजो दिएर केटा पक्षलाई खुसी बनाउँदा पनि भारतीय युवती दाइजोकै निहुँमा मारिने गरेका छन् । राष्ट्रिय अपराध रेकर्ड ब्यूरोका अनुसार सन् २०१७ देखि २०२२ को ५ वर्षमा दाइजोको निहुङ्गा ३५ हजार ४३९ हत्या भएका छन् । दाइजोकै कारण भारतमा लैंगिक अनुपात विग्रिएको छ । संयुक्त राष्ट्र संघका अनुसार भारतमा हरेक वर्ष कम्तिमा पनि ४ लाख बालिकाको भ्रुण हत्या हुने गरेको छ ।

भारतको भोपालका प्रहरी कमिस्नर हरिनारायण चारी मिश्रसमक्ष निवेदन बुझाएकी ती शिक्षिका दाइजो रोक्नका लागि प्रहरीले बिहेको जग्गेमा निगरानी गर्ने र छापा मार्नु नै उत्तम बिकल्प रहेको बताउँछिन् । भन्छिन्, ‘यस्तो भएमा सजायको डरले यसमा रोक लाग्ने छ ।’ प्रहरी कमिस्नर मिश्र दाइजीलाई सामाजिक कुरिती मान्छन् । उनी दाइजो प्रथा समाप्त पार्नका लागि प्रहरी प्रतबिद्ध रहेको बताउँछन् । ‘मैंले सबै प्रहरी स्टेशनलाई निर्देशन दिएकी छु कि कुनै पनि महिला मद्दका लागि आउँछन् भने उनीहरुलाई तत्काल सहयोग गर’, उनले भने ।

उनी प्रहरीका पनि आफ्नै सीमा रहेको बताउँदै हरेक बिहेको मण्डपमा उपस्थित हुन नसक्ने बताउँछन् । तर मानसिकतामा परिवर्तन ल्याउनका लागि अभियान चलाउनु पर्ने उनी बताउँछन् । महिला अधिकारको क्षेत्रमा काम गर्ने कविता श्रीवास्तवका अनुसार प्रहरीले चाहेमा सहयोग गर्न सक्छ, तर दाइजो प्रथा निमिट्यान्न पार्न ठूलो चुनौती छ । ‘दाइजोका बारेमा कानुन नै छ, हामीले त्यो कानुनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्छ,’ उनी भन्छिन् ।

श्रीवास्तवका अनुसार कतिपय लोभी परिवारले बिहेको धेरै वर्षपछि पनि बुहारीका आमाबुबासँग दाइजो माग्ने गरेको बताउँछिन् । युवाले दाइजो लिन र दिन नमानेमा यो प्रथामा आफैं हटेर जाने उनी सुनाउँछिन् ।

  • साझा परिवेश
  • आइतवार, असार ३१, २०८० ११:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट