May 10, 2024 | शुक्रबार, बैशाख २८, २०८१
सुचनाहरु
एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट उपेन्द्र यादवको कार्यशैलीका कारण नयाँ दल बनायौं- अशोक राई कोशीको नयाँ मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्बोच्चमा रिट दर्ता कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी जसपा नेपालले बाेलायाे केन्द्रीय समितिको बैठक फेसबुकमा १० लाख फलोअर पाउने पहिलो नेपाली खेलाडी बने सन्दीप लामिछाने कोशीको मुख्यमन्त्रीमा हिक्मत कार्कीको दाबी पेश सर्वोच्चका सबै सुनुवाइ स्थगित आईपीएल : आज पञ्जाब र बैंगलुरु खेल्दै टिकटकले अमेरिका सरकारविरुद्ध हाल्यो मुद्दा सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घट्यो

अप्पर लोहोरे खोलाको खुल्यो आईपीओ

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० १३:३५
अप्पर लोहोरे खोलाको खुल्यो आईपीओ
  • अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ निष्कासन
  • अनलाइन प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्ने
  • कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत

काठमाडौं ।।

अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज (साउन १८ गते) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ ।

कम्पनीले ३९ हजार ७६५ कित्ता कर्मचारीका लागि र ९९ हजार ४१२ कित्ता आईपीओ सामूहिक लगानी कोषहरूका लागि छुट्याएको छ । स्थानीयमा वितरण हुन नसकेको सेयरसमेत थप गरी सर्वसाधारणमा प्रतिसेयर १०० अंकित मूल्यमा १९ लाख ५३ हजार २७९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आईपीओको बिक्री अवधि साउन २२ गतेसम्मका लागि तोकिएको छ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा साउन ३२ गतेसम्म बिक्री अवधि लम्बिने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले प्रबर्धन गरिरहेको ४ मेगावाटको माथिल्लो लोहोरे साना जलविद्युत् आयोजनाको कुल अनुमानित लागत ९४ करोड ७२ लाख १७ हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट कुल अनुमानित लागत २३ करोड ६८ लाख ४ हजार २५० रुपैयाँ रहेको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, साउन १८, २०८० १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।