April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ

सुर्ती (बिँडी) माग्दा नदिएको झोकमा चिरपट प्रहार गरि हत्या

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १५:0७
सुर्ती (बिँडी) माग्दा नदिएको झोकमा चिरपट प्रहार गरि हत्या
  • बिँडी नदिएको निहुँमा एक जनाको हत्या
  • मागी खाने अन्दाजी ६०-६५ वर्षीय पुरुष मृतक फेला
  • चिरपट प्रहार गरि हत्या गरिएको प्रहरीको आशंका

जनकपुरधाम ।।

सप्तरीमा एक युवकले बिँडी नदिएको निहुँमा एक जनाको हत्या गरेको खुलेको छ । सप्तरी कञ्चनरुप नगरपालिका ८ बेरियर चौकमा रहेको बस बिसौनीको प्रतिक्षालयमा गत असार ३१ गते बिहान परिचय नखुलेको मागी खाने अन्दाजी ६०-६५ वर्षीय पुरुष मृतक फेला परेका थिए ।
उनलाई चिरपट प्रहार गरि हत्या गरिएको प्रहरीको आशंका थियो ।

ईलाका प्रहरी कार्यालय कञ्चनरुपले अनुसन्धान गर्दै जाँदा उनको हत्यामा कञ्चनरूप नगरपालिका १० बदगमा टोलका २८ वर्षीय मनोज पासवानको संलग्नता रहेको खुलेको प्रहरी नायव उपरीक्षक दीपक रायले जानकारी दिए । मनोजलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

डिएसपी रायका अनुसार मागी खाने व्यक्ति प्रतिक्षालयमा सुर्ती बिँडी खाइरहेको र आफूलाई पनि खान मन लागेपछि मनोजले एउटा बिडी मागेका थिए । तर मागिखाने व्यक्तिले बिडी नदिई तथानाम गाली गलौज गर्न लागेपछि आवेगमा छेउमा राहेको बाँसको लाठीले उनको टाउकोमा चार- पाँच लाठी प्रहार गरि भागेको मनोजले बयान दिएको डिएसपी रायले बताए । मनोज उपर कर्तव्य ज्यान मुद्दामा कानुन बमोजिम कारबाही गर्ने सप्तरी प्रहरीको तयारी छ ।

 

  • साझा परिवेश
  • बिहिबार, साउन ४, २०८० १५:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।